उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले दुई युवकलाई लागुऔषधसहित पक्राउ गरेको छ। उदयपुरको त्रियुगा नगरपालिका– ६ जलजलेमा चेक गर्ने क्रममा आगुऔषधसहित दुई जना युवक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए।
चेकिङमा खटिएको ईलाका प्रहरी कार्यालय जलजलेको टोलीले त्रियुगा नगरपालिका–६ का २७ वर्षीय संगीत तामाङ र २५ वर्षीय आमोद महताेलाई आगुऔषधसहित पक्राउ गरेको हो ।
उनीहरूको साथबाट डाईजेपाम ५१ एम्पुल ,फेनारागण ५१ एम्पुल बुप्रिनोर्फीन ५१ एम्पुल गरी जम्मा १५३ एम्पुल लागुऔषध र ७ थान सिरिन्जसहित दुवै जनालाई नियन्त्रणमा लिई उदयपुर जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान थालेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ साउन २०७९, २० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मलद्वारमा लागुऔषध लुकाएर ल्याउँदै गरेका दुई जना पक्राउ
गुल्मीमा लागुऔषधसहित एक जना पक्राउ
सीमामा उच्च सुरक्षा सतर्कता, वीरगञ्जमा लागुऔषधसहित दुई पक्राउ
लागुऔषधसहित प्रहरी जवानसहित ६ जना पक्राउ
कैलालीमा एक वर्षमा लागुऔषधसहित पक्राउ परे ७७० जना
रुकुम पश्चिममा ७५ रोपनीमा लगाइएको अफिमखेती नष्ट