उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले दुई युवकलाई लागुऔषधसहित पक्राउ गरेको छ। उदयपुरको त्रियुगा नगरपालिका– ६ जलजलेमा चेक गर्ने क्रममा आगुऔषधसहित दुई जना युवक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए।
चेकिङमा खटिएको ईलाका प्रहरी कार्यालय जलजलेको टोलीले त्रियुगा नगरपालिका–६ का २७ वर्षीय संगीत तामाङ र २५ वर्षीय आमोद महताेलाई आगुऔषधसहित पक्राउ गरेको हो ।
उनीहरूको साथबाट डाईजेपाम ५१ एम्पुल ,फेनारागण ५१ एम्पुल बुप्रिनोर्फीन ५१ एम्पुल गरी जम्मा १५३ एम्पुल लागुऔषध र ७ थान सिरिन्जसहित दुवै जनालाई नियन्त्रणमा लिई उदयपुर जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान थालेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ साउन २०७९, २० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा लागुऔषधसहित ६ जना पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
सुदूरपश्चिममा लागुऔषधसहित एकैदिन ८ जना पक्राउ
१२ केजी लागुऔषध र दुईवटा हतियार सहित ६ जना पक्राउ
गाँजासहित दुई जना पक्राउ
देशभर लागुऔषधसहित २७ जना नियन्त्रणमा