नयाँदिल्ली । भारतमा बितेका २४ घण्टामा देशका विभिन्न भागमा कोरोना सङ्क्रमतिको सङ्ख्या २० हजार नाघेको छ । शुक्रबार बिहान केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार हिजो एक दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या २० हजार ५५१ पुगेको छ ।
देशमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ४१ लाख ७ हजार पाँच सय ८८ पुगेको छ । गत दुई दिनयता २० हजार भन्दा कम भएको कोरोना सङ्क्रमित शुक्रबार पुनः २० हजार नाघेको छ ।
देशभर एक लाख ३७ हजार ५७ जना सक्रिय सङ्क्रमित छन् । यसैगरी २१ हजार पाँच सय ९५ सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३४ लाख ४५ हजार छ सय २४ पुगेको छ ।
हिजो २४ घण्टाको अवधिमा कोरोना सङ्क्रमणबाट ७० जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट पाँच लाख २६ हजार छ सय जनाको मृत्यु भएको छ । महामारी सुरु भएयता ८७ करोड ७७ लाखभन्दा बढीको परीक्षण गरिएको छ । सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ । अभियानअन्तर्गत हालसम्म दुई अर्ब पाँच करोड भन्दा बढी मात्रा खोप लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २० साउन २०७९, १५ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’
आज भारतको ७९औँ स्वतन्त्रता दिवस, मोदीद्वारा महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण
थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको सहमति
भारतीय विदेश सचिव काठमाडौं आउँदै, प्रधानमन्त्री ओलीको भ्रमण तालिका लम्ब्याउने तयारी
भारतले भन्यो- ‘रूसबाट हामीले भन्दा धेरै सामान अमेरिका र युरोपले किनिरहेका छन्’
पाँचौँ टेस्टमा भारतको ‘कम ब्याक’