एजेन्सी । भारतमा कोरोना भाइरसबाट थप १९ हजारभन्दा बढी सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १९ हजार ८९३ जना नयाँ सङ्क्रमित थपिएका हुन्।
सङ्घीय स्वास्थ्य मन्त्रालयले यसअघि बुधबार सार्वजनिक गरिएको विवरणमा भारतमा नयाँ सङ्क्रमितको सङ्ख्या १७ हजार १३५ रहेको थियो।भारतमा दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा उतारचढाव भइरहेको छ। भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या एक लाख ३६ हजार ४७८ रहेको छ।
मन्त्रालयका अधिकारीहरूका अनुसार भारतमा कोराना भाइरसका कारण अहिलेसम्म पाँच लाख २६ हजार ५३० जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा २० हजार ४१९ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्।
एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १९ साउन २०७९, १२ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इंग्ल्याण्डविरुद्ध भारत : ६ जना खेलाडी शून्यमा आउट हुँदा बने रोचक रेकर्ड
कप्तान गिलको शतकको सहयोगमा भारत बलियो
रोमाञ्चक खेलमा इङ्गल्यान्डसँग भारत एक विकेटले पराजित
रोयल्टी बाँडफाँटबारे द्विपक्षीय नेपाल र भारतका संगीतकर्मीबीच सम्झौता
भारतले गण्डकीका ७ स्वास्थ्य संस्थालाई दियो एम्बुलेन्स
भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना