एजेन्सी । भारतको राजनीतिक इतिहासमा पहिलोपटक आदिवासी समुदायबाट राष्ट्रपति हुने भएको छ । ओडिसाकी ६४ वर्षीया द्रौपदी मुर्मू १५औँ राष्ट्रपतिका लागि निर्वाचित हुन लागेकी हुन् । राष्ट्रपतिका लागि १८ जुलाई अर्थात २ साउनमा निर्वाचन भएको थियो । यद्यपि निर्वाचन परिणाम भने २१ जुलाईमा मात्रै सार्वजनिक हुँदैछ ।
भाारतीय जनता पार्टी नेतृत्वको गठबन्धनले मुर्मूलाई उम्मेदवार बनाएको थियो । कांग्रेससहितको विपक्षी गठबन्धनले भने तृणमुल कांग्रेसका नेता यशवन्त सिन्हालाई प्रतिस्पर्धामा उतारेको थियो । सिंहको पक्षमा गठबन्धनभित्रै समस्या देखिएपछि भाजपा उम्मेदवार मुर्मू बलियो उम्मेदवार भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । त्यसो त, भाजपाको मत संख्या पनि बढी रहेको छ ।
मुर्मू ओडिशाबाट विधायक र उडिसा सरकारमा मन्त्री पनि रहिसकेकी छिन् । उनी निर्वाचित भएको खण्डमा प्रतिभा पाटिलपछि भारतको दोस्रो महिला राष्ट्रपति बन्नेछिन् । विपक्षी गठबन्धनको उम्मेदवार बनेका सिन्हाले अटल बिहारी बाजपेयी नेतृत्वको सरकारमा विभिन्न मन्त्रालय सम्हालेका थिए ।
लोकसभा र राज्यसभामा निर्वाचित सांसदको संख्या ७ सय ७६ छ । त्यस्तै, ४ हजार ३३ जना विधायक छन् । उनीहरू सबैले राष्ट्रपतिका लागि मतदान गर्छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०३ साउन २०७९, १० : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा