एजेन्सी । भारतको महाराष्ट्रमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । मध्यप्रदेशको इन्दाेरबाट महाराष्ट्रतर्फ गइरहेको बस अनियन्त्रित भइ नर्मदा नदीमा खस्दा १२ जनाको मृत्यु भएको हो ।
बसमा ५० जना सवार रहेको र बाँकी यात्रुहरू घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।विपरीत दिशाबाट आइरहेको एक बहानलाई साइड दिने क्रममा बस अनियन्त्रित भई नदीमा खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बस दुर्घटनामा ज्यान गुमाएका परिवारका लागि क्षतिपूर्ति र घाइतेहरूलाई राहतको व्यवस्था गरिएकाे छ । घाइतेहरूको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०२ साउन २०७९, १४ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चाँदी आयातमा भारतको कडाइ, उच्च शुद्धतायुक्त सिल्भर ‘रिस्ट्रिक्टेड’ सूचीमा
सीमा क्षेत्रमा भारतको लगातार बाँध निर्माण, नेपाल सरकार मौन
नेपाललाई आवश्यक मल र इन्धन आपूर्ति निरन्तर रहने भारतको प्रतिबद्धता
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित