एजेन्सी । भारतको महाराष्ट्रमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । मध्यप्रदेशको इन्दाेरबाट महाराष्ट्रतर्फ गइरहेको बस अनियन्त्रित भइ नर्मदा नदीमा खस्दा १२ जनाको मृत्यु भएको हो ।
बसमा ५० जना सवार रहेको र बाँकी यात्रुहरू घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।विपरीत दिशाबाट आइरहेको एक बहानलाई साइड दिने क्रममा बस अनियन्त्रित भई नदीमा खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बस दुर्घटनामा ज्यान गुमाएका परिवारका लागि क्षतिपूर्ति र घाइतेहरूलाई राहतको व्यवस्था गरिएकाे छ । घाइतेहरूको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०२ साउन २०७९, १४ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’
आज भारतको ७९औँ स्वतन्त्रता दिवस, मोदीद्वारा महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण
थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको सहमति
भारतीय विदेश सचिव काठमाडौं आउँदै, प्रधानमन्त्री ओलीको भ्रमण तालिका लम्ब्याउने तयारी
भारतले भन्यो- ‘रूसबाट हामीले भन्दा धेरै सामान अमेरिका र युरोपले किनिरहेका छन्’
पाँचौँ टेस्टमा भारतको ‘कम ब्याक’