भाउजुलाई खुकुरी प्रहार गर्ने देवर पक्राउ

सफल खबर संवाददाता

सोमबार, २७ असार २०७९, २० : ३१
भाउजुलाई खुकुरी प्रहार गर्ने देवर पक्राउ

काठमाडौँ । भाउजुमाथि खुकुरी प्रहार गर्ने देवर पक्राउ परेका छन्। जग्गाको अशंवण्डामा विवाद हुँदा रुकुम पश्चिममा देवरले भाउजुलाई खुकुरी प्रहार गरेका थिए।

त्रिवेणी गाउँपालिका १ रुँघाका ३६ वर्षीय देउकुमार खड्काले ३७ वर्षीया आफ्नै भाउजु दिलसरा बोहरा खड्कालाई आइतबार राति खुकुरी प्रहार गरेका थिए। उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले आइतबार राति जग्गा अंशवण्डाको विषयमा झगडा हुँदा देउकुमारले आफ्नै भाउजु दिलसरालाई खुकरी हानेका थिए।

घटनालगत्तै स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी चौकी सिम्रुतु र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी पठाएर खड्कालाई नियन्त्रणमा लिएको हो।घाइते दिलसराको अवस्था गम्भीर छ। उनलाई थप उपचारको लागि सोमबार नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर रिफर गरिएको छ।

प्रतिक्रिया दिनुहोस