काठमाडौं । राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले धर्म परिवर्तको डढेलोले सिंगो देशलाई नै ग्रस्त पारिरहेको टिप्पणी गरेका छन् । एकातिर बाह्य शक्तिको प्रभाव र अर्कोतिर धर्म परिवर्तनको डढेलोले सिंगो मुलुकनै संकटमा पर्ने उनको दाबी छ ।
पार्टीको अन्तक्रिया कार्यक्रममा सुर्खेत आएका उनले शुक्रवार बिहान वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै भने, ‘धर्म परिवर्तनको डढेलोले हिन्दु राष्ट्रको दियो निभ्न दिनुहुँदैन । विश्वमा सबैभन्दा धर्म परिवर्तन हुने देशमा नेपाल परेको छ । यसलाई नियन्त्रण नगर्ने हो भने केही वर्षमै नेपालको परम्परागत धार्मिक समुदायहरू अल्पमतमा पर्न सक्ने खतरा छ ।’
अध्यक्ष थापाले किरात र बुद्धिस्टहरू खतरामा रहेको बताउँदै हिन्दु धर्ममाथि पनि नकारात्मक खतरा भइरहेको बताए । ‘म सरकारसँग माग गर्दछु, यसलाई रोकौँ,’ उनले भने, ‘अहिलेसम्म लाखौँको दरले धर्म परिवर्तन हुँदा पनि सरकारले ध्यान दिएको छैन । करोडौं लगानी गरेर धर्म परिवर्तनका कार्यहरु भइरहेका छन् । धर्म संस्कृतिको जगेर्ना गरेर, परम्पराको रक्षा गरेर देशको विकास गर्न सकिन्छ । यही नै उपयुक्त हो भन्ने राप्रपा नेपालको बाटो हो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ असार २०७९, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘यथास्थितिको चुनावले देशमा परिवर्तन आउँदैन’ : कमल थापा
अब एकताबद्ध हुन ढिला नगरौँ : कमल थापा
राजसंस्था र हिन्दुराष्ट्रलाई बिदेशीको इसारामा एम्बुसमा पारियो : कमल थापा
विपिनका बुवाआमालाई संयुक्त राष्ट्रसङ्घ लैजानु प्रत्युत्पादक हुन सक्छ : कमल थापा
बहुविवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु अनुचित : कमल थापा
मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अब राजसंस्था चाहिन्छ : कमल थापा