काठमाडौँ । अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र बनेपाको कर्मचारी बोकेको बस दुर्घटनामा परेको छ। कर्मचारी बोकेर काठमाडौँ आउँदै गरेको बा १ क ५७४७ नम्बरको बस अस्पताल निजकैको भीरबाट खस्दा दुर्घटनामा परेको हो।
काभ्रे प्रहरी प्रवक्ता एवं डिएसपी हरि खतिवडाका अनुसार ३८ जना घाइते भएका छन्। बसमा कति जना थिए भन्ने एकिन हुन सकेको छैन।लिककुमारी बस्नेतको मृत्युभएको उनले बताए।
घटनामा ७ जनाको अवस्था गम्भीर रहेको छ। घटनास्थल पुगेका किरण देउवाका अनुसार बस सडकबाट करिब ३० मिटर तल पुगेको छ। घाइतेहरुको धुलिखेलकै शीरमेमोरियल र धुलिखेल अस्पतालमा उपचार भइरहेका छ। केही भने सामान्य उपचारपछि घर फर्किएका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ असार २०७९, १९ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कञ्चनपुरमा बस दुर्घटना, एकजनाको मृत्यु
धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ७ जना घाइते
बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४० जनाभन्दा बढी घाइते
पोखरामा नगर बस दुर्घटना, २३ जना घाइते
मुग्लिन-पोखरा सडकखण्डको ऐना पहरामा बस दुर्घटना
सङ्खुवासभामा बस दुर्घटना, १४ जना घाइते