काठमाडौँ । अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र बनेपाको कर्मचारी बोकेको बस दुर्घटनामा परेको छ। कर्मचारी बोकेर काठमाडौँ आउँदै गरेको बा १ क ५७४७ नम्बरको बस अस्पताल निजकैको भीरबाट खस्दा दुर्घटनामा परेको हो।
काभ्रे प्रहरी प्रवक्ता एवं डिएसपी हरि खतिवडाका अनुसार ३८ जना घाइते भएका छन्। बसमा कति जना थिए भन्ने एकिन हुन सकेको छैन।लिककुमारी बस्नेतको मृत्युभएको उनले बताए।
घटनामा ७ जनाको अवस्था गम्भीर रहेको छ। घटनास्थल पुगेका किरण देउवाका अनुसार बस सडकबाट करिब ३० मिटर तल पुगेको छ। घाइतेहरुको धुलिखेलकै शीरमेमोरियल र धुलिखेल अस्पतालमा उपचार भइरहेका छ। केही भने सामान्य उपचारपछि घर फर्किएका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ असार २०७९, १९ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीपी राजमार्गमा भएको बस दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन
वीपी राजमार्गमा बस दुर्घटना, उद्धार कार्य जारी
रामेछाप बस दुर्घटनाबारे गृहमन्त्रीले लिए उपचाररत घाइतेको अवस्थाबारे जानकारी
धादिङ बस दुर्घटना: मृत्यु हुनेको संख्या १९ पुग्यो, नौ जनाको पहिचान
धादिङ बस दुर्घटना : गृह मन्त्रालयद्वारा छानबिन समिति गठन
तामाकोसी बस दुर्घटनामा बेपत्ता भएका दुईमध्ये एक बालकको शव ७ दिनपछि भेटियो