सिमेन्ट बोकेको ट्रक घरमा ठोकियो

सफल खबर संवाददाता

सोमबार, १५ असार २०८३, ०८ : ०७
सिमेन्ट बोकेको ट्रक घरमा ठोकियो

काठमाडौ । ललितपुरको भैँसीपाटीस्थित रेडियो नेपालको टावर अगाडि सोमबार बिहान एउटा ट्रक अनियन्त्रित भई घरभित्र पसेको छ।

सिमेन्ट बोकेको ट्रक बिहान करिब ४ बजेतिर पसलसमेत सञ्चालनमा रहेको घरमा ठोकिएको हो।

बिहानको समयमा सडक किनारमा रहेको घरभित्र अचानक ट्रक पसेपछि उक्त क्षेत्रमा केही बेर त्रास फैलिएको थियो । दुर्घटनाबाट घर र पसलमा क्षति पुगेको छ।

प्रहरीको प्रारम्भिक अनुमानअनुसार चालक निदाएका कारण दुर्घटना हुन पुगेको हो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस