काठमाडौंमा हैजा संक्रमितको संख्या १४ पुग्यो

सफल खबर संवाददाता

बुधबार, १५ असार २०७९, १६ : ५९
काठमाडौंमा हैजा संक्रमितको संख्या १४ पुग्यो

काठमाडौं । काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या १४ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। संगिता कौशल मिश्राले आज नियमित प्रेस ब्रिफिङका क्रममा झाडापखालाका बिरामीहरुमा स्टुल कल्चर, आरडीटी र ह्याङ्गि ड्रप परीक्षण गर्दा १४ जनामा हैजा संक्रमण पुष्टि भएको यस्तो जनाकारी दिएकी हुन् ।

हैजा पुष्टि भएका पहिलो व्यक्तिको घर र कार्यस्थलमा भण्डारण गरिएको जार, धारा र जमिनमूनीको पानी परीक्षण गर्दा कोलिफर्म भेटिएको पनि डा मिश्राले जानकारी दिइन् । 

त्यस्तै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ललितपुरमा गरेको १८ वटा पानीका नमूनाको परीक्षणमा १२ वटा नमूनामा इकोली जिवाणु भेटिएको डा मिश्राले बताइन् । हैजाले संक्रमणको जोखिम उच्च भएको भन्दै सरसफाइ, खानेकुरा र पिउने पानीमा ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ ।  

प्रतिक्रिया दिनुहोस