८ लाखले लगाए हैजाविरुद्ध खोप

रासस

मंगलबार, ०४ कार्तिक २०८२, १३ : ४३
८ लाखले लगाए हैजाविरुद्ध खोप

काठमाडौँ। बारा र पर्सामा ८ लाखले हैजाविरुद्ध खोप लगाएका छन्। हैजा संक्रमण तीव्र भएपछि सरकारले २६ असोजदेखि बारा र पर्सामा खोप अभियान सुरु गरेको थियो।

१० दिनमा पर्सामा ५ लाख ४७ हजार ३११ र बारामा ३ लाख १७ हजार २४२ जनाले खोप खाएको परिवारको कल्याण महाशाखाले जनाएको छ।

६ भदौमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा १२ को मुरली टोलबाट हैजा संक्रमण फैलिएको थियो। त्यसपछि वीरगञ्जका अन्य वडा, पर्साका स्थानीय तह र बाराका केही भागमा फैलिएको छ।

सरकारले पर्सा जिल्लाका सबै १४ वटै स्थानीय तहमा र बारा जिल्लाका ६ स्थानीय तहका एक वर्षभन्दा माथिका व्यक्तिहरूलाई खोप दिइरहेको छ।

बारा र पर्सामा गरी कुल १० लाख १८ हजार खोप दिइने लक्ष्य छ। हालसम्म ८५ प्रतिशतले खोप लिएका छन्। मुखबाट खुवाइने इयूभिकोल-एस खोप विश्व स्वास्थ्य संगठनबाट गुणस्तरयुक्त प्रमाणित भएको खोप हो।

प्रतिक्रिया दिनुहोस