हैजाविरुद्ध खोप अभियान सुरु हुँदै

सफल खबर संवाददाता

विहीबार, २३ असोज २०८२, १३ : ४८
हैजाविरुद्ध खोप अभियान सुरु हुँदै

काठमाडौँ । बारा र पर्सामा हैजाविरुद्ध खोप अभियान चलाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको परिवार कल्याण महाशाखाको नेतृत्वमा विश्व स्वास्थ्य संगठन र युनिसेफको प्राविधिक सहयोगका साथ यो अभियान यही असोज महिनादेखि कात्तिक महिनाभित्र सञ्चालन गर्न लागिएको हो ।

पर्सा जिल्लाका सबै १४ वटै स्थानीय तहहरूमा र बारा जिल्लाका ६ स्थानीय तहका एक वर्षभन्दा माथिका व्यक्तिहरूलाई खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाले जनाएको छ ।

गत भदौ ६ गते पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ को मुरली टोलबाट देखिन सुरु गरेको हैजा रोग हालसम्म पर्सा र बारा जिल्ला गरी १ हजार ६८५ बिरामी फेला परेका छन् ।

त्यसैले सरकारले हैजाविरुद्ध खोप अभियान चलाउने निर्णय गरेको हो ।

यो मुखबाट दिइने खोप हो । यसको एक मात्रा मात्रै दिइने छ । यसभन्दा अगाडि पनि काठमाडौँ उपत्यका र कपिलवस्तुमा हैजाविरुद्धको खोप दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस