दुई दिनमा १ लाखले लगाए हैजाविरुद्धको खोप

सफल खबर संवाददाता

मंगलबार, २८ असोज २०८२, १६ : ३३
दुई दिनमा १ लाखले लगाए हैजाविरुद्धको खोप

काठमाडौँ । बारा र पर्सामा दुई दिनमा १ लाखले हैजाविरुद्धको खोप लगाएका छन् ।

हैजाको संक्रमणको प्रकोप तीव्र भएपछि सरकारले पर्सा र बाराका उच्च जोखिम भएका क्षेत्रमा हैजा नियन्त्रणका लागि गत आइतबार (२६ असोज) देखि खोप अभियान सुरु गरेको थियो ।

परिवार कल्याण महाशाखाको तथ्यांक अनुसार पर्सामा १ लाख २९४ जना र बारामा १८ हजार ९६४ जनाले हैजाविरुद्धको खोप लगाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस