एजेन्सी । अमेरिकाको टेक्सासमा ४० जना आप्रवासी मृत अवस्थामा फेला परेका छन्। ती सबै आप्रवासी टेक्सासको सान एन्टोनियोको दक्षिणपश्चिमी भागमा रेल ट्र्याकको छेउमा रहेको एक लरीमा भेटिएका विदेशी सञ्चारमाध्यममले जनाएका छन्।
फेला परेकामध्ये १६ जनालाई अस्पताल लगिएको छ। लरी वरपर आपतकालीन उद्दारकर्ता परिचालन गरिएको छ । उक्त क्षेत्र अमेरिका(मेक्सिको सिमानाबाट २५० किलोमिटर दूरीमा पर्छ।
मृतकहरू कुन देशका हुन् भनी खुल्न सकेको छैन। न्यूयोर्क टाइम्सका अनुसार सान एन्टोनियो प्रहरी विभागका अधिकारीहरूले घटनास्थलबाट हराएका लरी चालकलाई खोजी गरिरहेका छन्। टेक्सासका गभर्नर ग्रेग एबोटले सो मृत्युको लागि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई दोष दिएका छन्। उक्त घटना ‘घातक खुला सीमा नीतिको परिणाम’ भएको उनले दाबी गरेका छन्।
मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले देशका कूटनीतिज्ञले घटनाबारे खोजी गरिरहेको तर पीडितको राष्ट्रियता अझै अज्ञात रहेको बताए। मानिसहरू कसरी मरे भन्ने तुरुन्तै स्पष्ट हुन नसकेको र स्थानीय प्रहरीले सार्वजनिक रूपमा टिप्पणी नगरेको बीबीसीले जनाएको छ।सान एन्टोनियोको मौसम गर्मी महिनामा तातो हुन्छ। सोमबार त्यहाँको तापक्रम सोमबार ३९ दशमलब ४ डिग्री सेल्सियस थियो।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १४ असार २०७९, ०८ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका जाँदै हुनुहुन्छ ? पहिल्यै १५ हजार डलर धरौटी राख्नुपर्ने नियम आउँदै
प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने फ्रान्सको घोषणा अमेरिकाद्वारा खारेज
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
युक्रेनलाई अमेरिकाले शक्तिशाली हतियार सहयोग गर्ने
संयुक्त राष्ट्रसंघकी विशेषज्ञमाथि अमेरिकाको प्रतिबन्ध
अमेरिकाद्वारा युक्रेनलाई हतियार दिन बन्द