काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शोधनान्तर घाटाको प्रणेता केपी ओली नेतृत्वको सरकार र युवराज खतिवडा भएको दावी गरेका छन् । सोमबार नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृतिका अवसरमा आयोजित ‘नेपालमा समाजवाद स् चुनौती र सम्भावना’ विषयक अन्तरक्रियामा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले एमाले महासचिव शंकर पोखरेलले वर्तमान सरकार आएपछि मुलुकको शोधनान्तर र विदेशी मुद्रा सञ्चितीबारे गरेको टिप्पणीको जवाफ दिँदै शोधनान्तर घाटा हुनुमा ओली नै जिम्मेवार रहेको बताएका हुन् ।
‘एमाले महासचिव शंकर पोखरेलले हाम्रो अगाडि जो शोधनान्तर घाटाको कुरा गर्नुभयो, यो घाटाको प्रणेता केपी ओली नेतृत्वको सरकार र युवराज खतिवडा नै हो’, प्रचण्डले प्रश्न गर्दै भने, ‘समाजवादतिर जाने कुरा हामीले गरेको होइन रु वामपन्थी र कम्युनिस्टहरूको एकताबाट स्थायित्व समाजवादतिर जाला, भ्रष्टाचार नियन्त्रण होला, जनतालाई प्रत्यक्ष राहत हामीले घोषणापत्रमा भनेअनुसार जाला भनेर त्यो पहल गर्ने हाम्रो अगाडि बसेर उहाँले समाजवादको कुरा बुर्जुवासँग मिलेर हुन्छ भन्न मिल्छ ?’
अध्यक्ष प्रचण्डले राष्ट्रवादको सवालमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसीमा गल्ती गरेको बताएपछि उनलाई सम्झाउने प्रयास गरे । ‘झलनाथजीलाई पनि म सम्झाउन चाहान्छु । एमसीसीबारे पहिलो दस्तावेज मैले लेखेको हो । एमसीसीबारे अध्ययन गर्नुस् भनेर झलनाथजीको नेतृत्वमा आयोग बनाउने प्रस्ताव पनि मैले नै राखेको हो यो हेक्का होला, रहोस्’, प्रचण्डको भनाइ छ । उनले एमसीसीबारे उठेका प्रश्नमा भने, ‘एउटा परिस्थितिमा १२ बुँदे व्याख्यात्मक घोषणा बनाएर ‘डुब्ते को तिन्के का सहारा’ गरेकै हो । त्यहाँ कुनै लुकिछिपीको कुरा होइन ।’ तर उनले अर्को सत्य एसपीपीलाई खारेज गराउने भूमिकाको नेतृत्व पनि आफैंले खेलेको नबिर्सन सुझाव दिए । ‘यो सत्यलाई पनि कसैले इन्कार गर्न हुँदैन । ओली नेतृत्वको सरकारले नै एसपीपीको नेतृत्व गरेर आएको हो भनेर मैले बोलेपछि प्रमाणित गर्न एउटा नेताले चुनौति दिएका थिए । उनले बोलेको केही दिनपछि प्रमाण नै आएपछि सक्कियो’, प्रचण्डको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ असार २०७९, १८ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
"राजनीतिक परिवर्तनका उद्देश्यहरू पूर्ण रूपमा हासिल हुन बाँकी छ: प्रचण्ड
श्रम अधिकारहरूको संरक्षण र कार्यान्वयनमा सरकार जिम्मेवार बनोस् : प्रचण्ड
थबाङ जिप दुर्घटना प्रति प्रचण्डद्वारा गहिरो दुःख व्यक्त, मृतकका परिवारलाई राहत दिन सरकारसँग माग
सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो, अब शीतल निवासलाई हेर्न बाँकी छ: प्रचण्ड
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’
‘विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’- ‘प्रचण्ड’