काठमाडौं । सेयर बजार पुनः ओरालो लागेको छ । सोमबार बजार परिसूचक २३.८५ अंकले घटेर १९३३.१३ को बिन्दुमा झरेको छ ।
कुल २२९ कम्पनीको सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा सोमबार जम्मा २४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६८ कम्पनीको मूल्य ओरालो लागेको छ ।सोमबार ४३ हजार १२२ कारोबार मार्फत ५६ लाख ४१ हजार कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कुल कारोबार रकम आइतबारको भन्दा घटेर २ अर्ब ४ करोड ४८ लाखमा सीमित भएको छ । कारोबारमा आएका १३ मध्ये लगानी र लाइफ इन्स्योरेन्सबाहेकका सबै उपसमूह राताम्मे रह्यो ।
दोस्रो बजारमा सीवाईसी नेपाल लघुवित्त, ङ्यादी हाइड्रोपावर र लाइफ इन्स्योरेन्स कर्पोरेसनका लगानीकर्ता धेरै कमाउनेमा दरिए । यस्तै बजारमा धेरै गुमाउनेमा उन्नती सहकार्य लघुवित्त, प्राइम डिबेञ्चर र तेह्रथुप पावर कम्पनी लगायत रहे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ असार २०७९, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बढ्यो सेयर बजार, बैंकिङमा उच्च वृद्धि
२८ सयमुनि झर्यो सेयर बजार
सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक
दोहोरो अंकले बढ्यो नेप्से
१० अंक बढ्यो सेयर बजार
सेयर बजारका सबै सूचक बढे