काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५० अंकले घटेको छ । आज विहीबार कारोबार सुरू भएदेखि घट्न थालेको नेप्से परिसूचक समाचार तयार पर्दासम्ममा ५०.६० अंकले घटेको छ । यससँगै, परिसूचक १ हजार ८४२ अंकमा आइपुगेको छ । यस्तै, १ बजेर ३० मिनेट जाँदा सम्ममा नेप्सेमा ७३ करोड ६९ लाख ८२ हजार रुपैयाँ बराबरको २३ लाख ६३ हजार कित्ता सेयर किनबेच भएको छ ।
यति बेलासम्मको अवधिमा नेप्सेमा कारोबारमा आएका सबै समूहमा गिरावट आएको छ । जसमध्ये, जलविद्युत, विकास बैंक र वित्त समूह ४ प्रतिशतले घटेका छन् भने लगानी समूह, जीवन बीमा समूह र व्यापार समूहमा ३ प्रतिशतभन्दा बढीको गिरावट आएको छ ।
यद्यपि, यस अवधिसम्ममा नेप्सेमा आँधिखोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यले भने सकरात्मक सर्किट हानेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्दै प्रतिकित्ता ९६० रुपैयाँ पुगेको छ । यस्तै, आज कारोबारमा आएकामध्ये ६ वटा कम्पनीको सेयर मूल्य मात्रै बढेको छ भने बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ असार २०७९, १३ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२९६२ अंकमा झर्यो सेयर बजार
नेप्से परिसूचक १८ अङ्कले घट्दा साढे २६ अर्बको कारोबार
लगातार बढ्यो सेयर बजार, १८ अर्ब ४९ करोडको कारोबार
८० अंक बढ्यो सेयर बजार, २० अर्ब नाघ्यो कारोबार
सेयर बजारमा उतारचढाव, साढे २१ अर्बको कारोबार
यो साता ५ प्रतिशत बढ्यो बजार