काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकुमा) उपचाररत थप दुई जनामा हैजा पुष्टि भएको छ । अस्पताल स्रोतका अनुसार सानेपा र सिन्धुपाल्चोकमा बस्ने मानिसमा हैजा पुष्टि भएको हो ।
सानेपामा बस्ने व्यक्ति पसल सञ्चालन गरेर बसेका छन् भने सिन्धुपाल्चोकका किसान हुन् । यसअघि बागबजारमा बस्ने दुई जना दिदी–बहिनीमा लाई हैजा पुष्टि भएको थियो ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले हैजा पुष्टि भएको क्षेत्र काठमाडौंको बागबजार क्षेत्रको नमुना संकलन गरिरहेको छ । बागबजार क्षेत्रको ढल,पानी, खाद्यलगायतको नमुना संकलन गर्ने इडीसीडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ असार २०७९, १९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
८ लाखले लगाए हैजाविरुद्ध खोप
दुई दिनमा १ लाखले लगाए हैजाविरुद्धको खोप
पर्सामा २१ हजार जनालाई हैजा विरुद्धको खोप लगाइयो
हैजाविरुद्ध खोप अभियान सुरु हुँदै
वीरगञ्जमा ९३ जनामा हैजा पुष्टि
वीरगञ्जमा समुदायस्तरमै फैलियो हैजा : संक्रमितको संख्या ७९ पुग्यो