एजेन्सी । भारतमा मःम खाने क्रममा एक व्यक्तीको घाँटीमा अडकिएर मृत्यु भएपछि चिकित्सकहरुले विशेष होसियारीका साथ खान आग्रह गरेका छन् । अखिल भारतीय चिकित्सा विज्ञान संस्थान (एम्स) ले भारतीयको प्रिय खाजा मःमबारे एक सल्लाह जारी गरेको छ।
ममको डल्लो अड्किएर एक ५० वर्षीय पुरुषको मृत्यु भएपछि एम्सले स्वास्थ्य चेतावनी जारी गरेको हो।एम्सका फोरेन्सिक विज्ञहरूले पुरुषको मृत्युको कारण पत्ता लगाएपछि चिकित्सा निकायले सबैलाई ‘होशियारीसाथ निल्न’ सुझाव दिएको छ। उनलाई दिल्लीको एम्समा मृत अवस्थामा पुर्याइएको थियो।
मदिराले मातेका ती व्यक्ति सडक छेउको एउटा पसलमा मःम खाइरहेका थिए। खाँदाखाँदै उनी अचानक भुइँमा ढलेका थिए। पोष्टमार्टम रिपोर्टमा उनको श्वास नलीमा एउटा ममको डल्लो अड्किएको फेला परेको थियो। डाक्टरहरूले पनि मःमको डल्लो अड्किएर उनको मृत्यु भएको निष्कर्स निकालेका थिए।
मम अड्किँदा न्युरोजेनिक कार्डियाक अरेस्ट भएको चिकित्सकले निष्कर्स निकालेका छन्। उनको मृत्युको कारओ मम पुष्टि भएपछि एम्सले भारतमा सडक पसलदेखि उच्चस्तरीय रेष्टुरेन्टहरूमा पाइने यस लोकप्रिय परिकारबारे सुझाव जारी गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ असार २०७९, ०८ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?