चितवन । भरतपुरमा निर्माण भईरहेको सार्वजनिक शौचालयको अनुगमन गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको नेतृत्वको टोलीले शौचालयलाई छिटोभन्दा छिटो सञ्चालनको लागि यसको वर्तमान अवस्थाबारे जानकारी लिन अनुगमन गरेकी हुन् ।
महानगरपालिकाको लगानीमा भरतपुरको गोन्द्राङ, भरतपुर अस्पताल परिसर र भरतपुर विमानस्थलचोकमा शौचालयहरु निर्माणधिन अवस्थामा छन् । अनुगमनका क्रममा शौचालय निर्माणमा ढिलासुस्ती भएको पाइएको छ ।
२ वर्ष अघि निर्माणका लागि ठेक्का सम्झौता भएका यी शौचालयहरुको निर्माण सम्पन्न गर्ने अवधिमा नबनेको पाइएको महानगर प्रमुख रेनु दाहालले बताईन् । महानगरपालिको मुख्य भीडभाड हुने स्थानमा यथाशिघ्र निर्माण सम्पन्न गरि सार्वजनिक शौचालय सञ्चालनमा ल्याउन निर्देशन दिएकी छिन् ।
भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबन्धु सुवेदीले सम्झौता अनुसार काम नगरेका ठेकदार वा निर्माण कम्पनीलाई आवश्यक नियम अनुसार कारबाही अगाडि बढाइने जानकारी दिए । निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने गरी कारबाही प्रकृया अघि बढाई नयाँ कम्पनीलाई बाँकी निर्माणको कार्य दिने प्रमुख प्रशासकिय अधिकृत सुवेदीले बताए ।
भरतपुर महानगरपालिकासँग सम्झौता भई निर्माण भएका कामहरु सम्पन्न नगरी निर्माण कम्पनीहरु सम्पर्क विहिन छन् । यसले गर्दा लक्ष्यअनुसार काम गर्न कठिन भएको महानगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ असार २०७९, ०७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
भरतपुर महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन
भरतपुर महानगरद्वारा सीपमूलक तालिममा सहभागी ७७९ जनालाई प्रमाणपत्र वितरण
नयाँ बजेटमा १४ वटा नयाँ कार्यक्रम : डिजिटल सिटीदेखि विपद् -सुरक्षासम्मको योजना
भरतपुरको आगामी वर्षको बजेट सार्वजनिक : ५ अर्ब १९ करोडको योजना
भरतपुर महानगरको बजेट : अधुरा पूर्वाधारमा जोड, डिजिटल सहर र सामाजिक सुरक्षामा प्राथमिकता