चितवन । भरतपुरमा निर्माण भईरहेको सार्वजनिक शौचालयको अनुगमन गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको नेतृत्वको टोलीले शौचालयलाई छिटोभन्दा छिटो सञ्चालनको लागि यसको वर्तमान अवस्थाबारे जानकारी लिन अनुगमन गरेकी हुन् ।
महानगरपालिकाको लगानीमा भरतपुरको गोन्द्राङ, भरतपुर अस्पताल परिसर र भरतपुर विमानस्थलचोकमा शौचालयहरु निर्माणधिन अवस्थामा छन् । अनुगमनका क्रममा शौचालय निर्माणमा ढिलासुस्ती भएको पाइएको छ ।
२ वर्ष अघि निर्माणका लागि ठेक्का सम्झौता भएका यी शौचालयहरुको निर्माण सम्पन्न गर्ने अवधिमा नबनेको पाइएको महानगर प्रमुख रेनु दाहालले बताईन् । महानगरपालिको मुख्य भीडभाड हुने स्थानमा यथाशिघ्र निर्माण सम्पन्न गरि सार्वजनिक शौचालय सञ्चालनमा ल्याउन निर्देशन दिएकी छिन् ।
भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबन्धु सुवेदीले सम्झौता अनुसार काम नगरेका ठेकदार वा निर्माण कम्पनीलाई आवश्यक नियम अनुसार कारबाही अगाडि बढाइने जानकारी दिए । निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने गरी कारबाही प्रकृया अघि बढाई नयाँ कम्पनीलाई बाँकी निर्माणको कार्य दिने प्रमुख प्रशासकिय अधिकृत सुवेदीले बताए ।
भरतपुर महानगरपालिकासँग सम्झौता भई निर्माण भएका कामहरु सम्पन्न नगरी निर्माण कम्पनीहरु सम्पर्क विहिन छन् । यसले गर्दा लक्ष्यअनुसार काम गर्न कठिन भएको महानगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ असार २०७९, ०७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोहोर प्रशोधन केन्द्रका लागि वन क्षेत्रको जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा, भरतपुर महानगरद्वारा थप बजेट सुनिश्चित
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान