काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेका छन् ।सामाजिक सञ्जालमा टिप्पणी गर्दै अध्यक्ष थापाले करको दर निर्धारण गर्ने संवेदनशील कार्यमा असम्बन्धित र गैरजिम्मेवार व्यक्तिलाई संलग्न गराउनु जघन्य आर्थिक अपराध र अनैतिक कार्य भएको बताउँदै अर्थमन्त्री शर्माले तत्काल राजीनामा दिनुपर्ने उल्लेख गरेका हुन् ।
उनले भनेका छन्,'बजेट निर्माण र खासगरी करको दर निर्धारण गर्ने संवेदनशीलरगोप्य कार्यमा असम्बन्धित र गैरजिम्मेवार व्यक्तिलाई संलग्न गराउनु जघन्य आर्थिक अपराध र अनैतिक कार्य हो । अर्थमन्त्री जनार्दन शर्माले तत्काल राजीनामा दिनुपर्छ । अन्यथा उहाँलाई प्रमले पदबाट हटाउनु पर्छ वा पार्टीले फिर्ता बोलाउनुपर्छ '।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० जेठ २०७९, २१ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘यथास्थितिको चुनावले देशमा परिवर्तन आउँदैन’ : कमल थापा
अब एकताबद्ध हुन ढिला नगरौँ : कमल थापा
राजसंस्था र हिन्दुराष्ट्रलाई बिदेशीको इसारामा एम्बुसमा पारियो : कमल थापा
विपिनका बुवाआमालाई संयुक्त राष्ट्रसङ्घ लैजानु प्रत्युत्पादक हुन सक्छ : कमल थापा
बहुविवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु अनुचित : कमल थापा
मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अब राजसंस्था चाहिन्छ : कमल थापा