काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेका छन् ।सामाजिक सञ्जालमा टिप्पणी गर्दै अध्यक्ष थापाले करको दर निर्धारण गर्ने संवेदनशील कार्यमा असम्बन्धित र गैरजिम्मेवार व्यक्तिलाई संलग्न गराउनु जघन्य आर्थिक अपराध र अनैतिक कार्य भएको बताउँदै अर्थमन्त्री शर्माले तत्काल राजीनामा दिनुपर्ने उल्लेख गरेका हुन् ।
उनले भनेका छन्,'बजेट निर्माण र खासगरी करको दर निर्धारण गर्ने संवेदनशीलरगोप्य कार्यमा असम्बन्धित र गैरजिम्मेवार व्यक्तिलाई संलग्न गराउनु जघन्य आर्थिक अपराध र अनैतिक कार्य हो । अर्थमन्त्री जनार्दन शर्माले तत्काल राजीनामा दिनुपर्छ । अन्यथा उहाँलाई प्रमले पदबाट हटाउनु पर्छ वा पार्टीले फिर्ता बोलाउनुपर्छ '।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० जेठ २०७९, २१ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हार स्वीकार्दै कमल थापाले दिए रास्वपाका सस्मित पोखरेललाई बधाई
चुनावको बेला पूर्ण रूपमा यातायात बन्द गर्ने कुरा उपयुक्त होइन: कमल थापा
‘पुरानै घरमा रमाइलो अनुभूति गरिरहेको छु’ : कमल थापा
हेटौँडामा डोजर चलाएकोप्रति थापाको टिप्पणी- ‘कानुनी राज्यको नांगो उपहास’
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ
‘यथास्थितिको चुनावले देशमा परिवर्तन आउँदैन’ : कमल थापा