काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच बाम गठबन्धनका विषयमा छलफल भएको छ ।
आइतबार साँझ ओलीलाई भेट्न श्रेष्ठ ओली निवास बालकोट पुगेका थिए । झण्डै साढे २ घण्टा चलेको भेटमा मुख्य तीन विषयमा छलफल भएको उनीहरु निकट स्रोतले बताएको छ ।
दुई नेताबीच राष्ट्रियता, मुलुकको समग्र परिस्थिति, वाम आन्दोलन बारे छलफल भएको थियो । ‘राष्ट्रियताको बारेमा इतिहासमा नभएको संकट देखा पर्यो देश कसरी बचाउने भन्ने बारेमा कुराकानी भयो,’ श्रेष्ठ निकट एक नेताले भने, ‘एमसीसी संसद विघटन, पार्टी विभाजनलगायतबारे छलफल भएको छ तर कुनै पनि विषयमा ठोस निष्कर्षमा पुग्न सकिएन ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० जेठ २०७९, १३ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली
ओलीलाई अष्टलक्ष्मीको सुझाव- ‘यही बैठकबाट बिदा लिनुस्
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप