काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु हेरफेरको तयारी गरेको छ।
अध्यक्ष उपेन्द्र यादवले कार्यसम्पादनमा कमजोर तथा पार्टीका अन्य नेतालाई मौका दिन पार्टीबाट प्रतिनिधित्व गर्ने केही मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने तयारी गरेका हुन्।
यसका लागि अध्यक्ष यादवले प्रधानमन्त्री शेरबहादुर देउवासँग निरन्तर परामर्श गरिरहेका छन्।आइतबार माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पार्टीका तर्फबाट सरकारमा रहेका ६ मध्ये चार जनालाई फिर्ता बोलाएको छ। साथै नयाँ मन्त्रीमा चार जनाको नाम सिफारिस गरेको छ। नयाँ मन्त्रीहरुको सपथ सोमबार हुँदैछ।
यही बेला जसपा अध्यक्ष यादव पनि मन्त्री हेरफेरको तयारीमा रहेको खुलेको हो। उपेन्द्रनिकट जसपाका एक नेताकाअनुसार आगामी चुनावलाई समेत केन्द्रीत गरेर अध्यक्ष यादव हेरफेरको तयारीमा छन्। यसबारेमा उनले प्रधानमन्त्री देउवालाई जानकारी गराइसकेका छन्।
जसपाबाट हाल राजेन्द्र श्रेष्ठ, रेणु यादव, महेन्द्रराय यादव र रामसहाय प्रसाद यादव मन्त्री छन्।जसपाले नयाँ अनुहारमा प्रदीप यादव, प्रमोद साह, इस्तियाक राईलगायतलाई पठाउने तयारी गरेको छ।
लोसपालाई सहभागी गराउने तयारी
प्रधानमन्त्री देउवाले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई पनि सरकारमा सहभागी गराउन प्रयास गरिरहेका छन्।
देउवाले पछिल्लो समय अध्यक्ष ठाकुरसँग निरन्तर सम्वाद गरिरहेका छन्। शनिबार ठाकुरलाई बालुवाटार बोलाएर प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुन आग्रह गरेका थिए। उनले मधेसको मुद्दा नागरिकता ऐन सहमति जुटाएर संसदमा अगाडि बढाउने तयारी भइरहेको र अन्य मुद्दा सम्बोधनका लागि तयार रहेको भन्दै ठाकुरलाई सत्ता सहकार्यका लागि अनुरोध गरेका थिए।
देउवाले लोसपालाई उपसभामुखसहित दुई मन्त्रालय दिने प्रस्ताव गरेका छन्। यसमा अध्यक्ष ठाकुरले पार्टीमा छलफल गरेर जवाफ दिने बताएका थिए। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ जेठ २०७९, ०७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीलाई जसपाको तीन दिने अल्टिमेटम, मन्त्री नफेरे आफै फिर्ता बोलाउने चेतावनी
आजबाट देशभर सहर केन्द्रित आन्दोलनमा जसपा
जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता
एसपीलाई गालीगलौज गर्ने जसपा नेता यादव विरुद्ध पक्राउ पुर्जी जारी
जसपाद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको संकेत