सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि विष्णु पौडेल विभागमा उपस्थित

सफल खबर संवाददाता

मंगलबार, ०९ असार २०८३, १३ : २८
सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि विष्णु पौडेल विभागमा उपस्थित

काठमाडौँ । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधान एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई काठमाडौँ ल्याएर सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराइएको छ।

विभाग स्रोतका अनुसार पौडेललाई केहीबेरअघि विभागमा पुर्‍याइएको हो। उनीमाथि भइरहेको अनुसन्धानका क्रममा आवश्यक बयान तथा अन्य प्रक्रिया अघि बढाउन विभागमा उपस्थित गराइएको जनाइएको छ।

पक्राउ परेका पौडेललाई आजै म्याद थपका लागि अदालत उपस्थित गराउने तयारी गरिएको छ। अनुसन्धानसँग सम्बन्धित कानुनी प्रक्रिया पूरा गर्न अदालतबाट म्याद थप मागिने तयारी रहेको स्रोतले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस