काठमाडौं । ज्ञानेन्द्र देउजाको आगामी निर्देशकीय फिल्म ‘झिँगेदाउ’को दोस्रो श्रृंखला प्रदर्शनका लागि तयार छ । निर्माताले पोस्टर सार्वजनिक गर्दै ‘झिँगेदाउ २’ असोज २ गतेदेखि रिलिज हुने जनाएका छन् ।
पोस्टर सार्वजनिक भएसँगै प्रवर्धन कार्यक्रमलाई तिव्रता दिने निर्माताको तयारी छ । गीत, ट्रेलर सार्वजनिक हुने निर्देशक तथा निर्माता देउजाले अनलाइनखबरलाई बताए ।
विष्णु घिमिरे ‘कल्पित’को छायांकन रहेको फिल्ममा मित्र गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको नृत्य, रोशन श्रेष्ठ एक्सन कोरियोग्राफी छ । सार्वजनिक तीन नयाँ पोस्टरले फिल्मको विभिन्न पाटोलाई चित्रित गरेको छ ।
केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अयभराज बराल, उत्तम केसी, शिवहरि वैरागी नेपाल, आशा भुसाल, रेनु प्रधान, विनोदकुमार पौडेलको अभिनय छ ।
मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माको क्यामियो भूमिका छ । परिच्छेद सेन, गोविन्द फुयाँल र शिशिर चालिसेको पटकथा तथा संवाद छ । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यू नेपाल प्रालिको प्रस्तुतिमा यो फिल्म निर्माण भएको हो ।
३ वर्ष अगाडि रिलिजमा आएको फिल्म ‘झिँगेदाउ’ले बक्सअफिसमा सुखद व्यापार गरेको थियो । दर्शकले यसको सिक्वेलको रुपमा तयार भएको ‘झिँगेदाउ २’लाई पनि निकै रुचाउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ असार २०८३, १४ : ३७
लेखकबाट थप