चितवन । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह (बालेन)ले सरकार सञ्चालन र कार्यशैलीमाथि उठ्ने गरेका प्रश्नहरूको मौलिक शैलीमा जवाफ दिएका छन् ।
चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै शाहले आफ्नो उद्देश्य र गन्तव्य प्रस्ट रहेको भन्दै गन्तव्यमा पुगेपछि मात्रै विश्राम लिने स्पष्ट पारे । आफू नेतृत्वको सरकारको यात्रा एक्सप्रेस वे’ मा दौडिरहेको गाडी जस्तै भएको बताएका छन् ।
विभिन्न राजनीतिक दलका नेताहरूले रास्वपा र नयाँ शक्तिहरूको कार्यशैलीप्रति सङ्केत गर्दै गाडीमा एक्सेलेटरसँगै ब्रेक पनि आवश्यक हुने भनी दिएको सल्लाह र चिन्ताप्रति बालेनले कडा जवाफ फर्काए। ‘धेरैले चिन्ता मान्नुभएको छ, सरकार भनेको गाडीजस्तो हो र यसमा ब्रेक पनि लगाउनुपर्छ भन्नुभएको छ,’ उनले भने, ‘त्यस्तो चिन्ता लोकल रोडमा हिँड्दा मात्रै हुन्छ। तर हाम्रो गाडी एक्सप्रेस वेमा हिँडेको गाडी हो, यो रोकिँदैन, सिधै गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ।’
शाहले नयाँ पुस्तामा रहेको देश परिवर्तनको हुटहुटीलाई कसैले रोक्न नसक्ने सङ्केत गर्दै आफ्नो कार्यशैली गन्तव्यमुखी रहेको दाबी गरे। उनले रास्वपाको महाधिवेशनले पार्टीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै नयाँ राजनीतिक शक्तिहरू देशको समृद्धिका लागि दृढ भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ असार २०८३, १८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यही कार्यकालमा सुकुमवासी र सहकारी समस्या समाधान गर्छौं : प्रधानमन्त्री बालेन
प्रधानमन्त्री बालेन, रवि र स्वर्णिमबीच भेटवार्ता
गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने
भृकुटी कागज कारखानाका श्रमिकको पारिश्रमिक माग्दै प्रधानमन्त्री बालेनलाई ज्ञापनपत्र
विश्वविद्यालय र अस्पतालबाट दलीय संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री बालेन र समानुपातिक सांसदहरूबीच भोलि 'विशेष अन्तरक्रिया' हुँदै