चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र प्रयोजनका लागि प्रतिनिधि परिचयपत्र वितरणको काम सुरु भएको छ ।
परिचयपत्र वितरणको काम छिटो सक्ने उद्देश्यले विभिन्न नौ ठाउँबाट सुरु गरिएको पार्टीले जनाएको छ ।
रास्वपा चितवनका सभापति ई मिनीमाधव खनालका अनुसार सात प्रदेश, प्रवास र समायोजनबाट प्रतिनिधि बनेकाहरूको अलगअलग ठाउँमा वितरण भइरहेको छ । प्रतिनिधिको टुङ्गो लागेपछि स्वचालित प्रणालीबाट परिचयपत्र छपाइ गर्ने भएकाले केही ढिलो भएको स्पष्ट गर्दै महाधिवेशन आयोजक जिल्लाका सभापति खनालले परिचयपत्र वितरणपछि बन्दसत्र सुरु हुनेछ ।
बन्दसत्र भरतपुरको उद्योग संघ परिसरमा रहेको प्रदर्शनी केन्द्रमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ असार २०८३, ११ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशन: एक जनाले एक उम्मेदवारको मात्र प्रस्तावक बन्न पाउने
रास्वपा महाधिवेशन उद्घाटन : रवि-बालेनसँगै अतिथिले पनि बजाए घण्टी
रास्वपा महाधिवेशनमा सुरु भयो उद्घाटन सत्र
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
यी हुन् रास्वपा महाधिवेशन प्रतिनिधिहरू (नामावली)
रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित