पार्टी महाधिवेशनमा नगई अमरेश सिंहले किन भेटे भारतका आध्यात्मिक गुरु स्वामी अवधेशानन्द ?

सफल खबर संवाददाता

सोमबार, ०८ असार २०८३, १० : ०२
पार्टी महाधिवेशनमा नगई अमरेश सिंहले किन भेटे भारतका आध्यात्मिक गुरु स्वामी अवधेशानन्द ?

काठमाडौं । सत्ताको बागडोर सम्हालिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन चितवनमा चलिरहेको छ ।

पार्टी स्थापना यताको पहिलो महाधिवेशन भएकाले पनि नेता कार्यकर्ताको जमघट चितवनमा बाक्लै छ । उद्घाटन सत्रका लागि रास्वपामा १८२ सांसदमध्ये सभामुख बाहेक अन्य सबै त्यहाँ पक्कै पुग्छन् भन्ने अनुमान सबैमा थियो । तर रास्वपाका अर्का एक जना सांसद भने महाधिवेशन स्थलमा अहिलेसम्म पुगेका छैनन । 

उद्घाटन शत्रमा अरु माननियहरु कोही मञ्चमा त कोही मञ्चको अगाडीपटी लहरै बसिरहँदा रास्वापका सांसद अमरेशकुमार सिंह त्यहाँ देखा परेनन । उनी महाधिवेशन स्थल नगएको उनकै स्वकीय रञ्जित झाले पुष्टि गरेका छन् । स्वकीय झाका अनुसार, उनी अहिले काठमाडौंमा नै छन् । 
 
'उहाँ (अमरेश)काठमाडौंमै हुनुहुन्छ। महाधिवेशनमा सहभागी हुनुभएको छैन। किन जानुभएको छैन, त्यो थाहा भएन । तर उहाँ अहिले काठमाडौंमा नै हुनुहुन्छ,' झाले भने।

रास्वपा सरकारको गतिविधिका बारेमा उनी मात्रै प्रष्ट बोलिरहेका छन् । सरकारका काम गराईमा उनी सन्तुष्ट हुन सकिरहेका छैनन । कांग्रेसका सभापति रवि लामिछानेलाई सर्लाही ४ बाट प्रतिनिधिसभा चुनावमा भारी मतले पराजित गर्न सफल भएका रास्वपा सांसद सिंह पार्टीकै महाधिवेशनमा किन सहभागी भएनन् ? अहिले सर्वत्र चासोको विषय बनेको छ ।

उनका स्वकिय रन्जित झाले पनि यसबारेमा आफुलाई केही जानकारी नभएको बताएका छन् । तर उनी चितवनमा आइतबार रास्वापको महाधिवेशन उद्घाटन हुँदै गर्दा काठमाडौंमा एक ब्यवसायीको घरमा भारतका प्रसिद्ध हिन्दू योगी, आध्यात्मिक गुरु तथा सन्तमध्येका एक स्वामी अवधेशानन्द गिरिजी महाराजसँग भेटवार्तामा बसेको अमरेशसिंह निकट स्रोतले बताएको छ । 

उनका स्वीकय झाले यस विषयमा पनि आफुलाई थाहा नभएको बताए । तर सिंह निकट अर्काे स्रोतले भने उनी काठमाडौं कालिकास्थान निवासी ब्यवसायी प्रदीप कुमार गोयलका निवासमा भारतका योगी स्वामी अवधेशानन्द गिरिजी महाराजसँगको भेटवार्तामा थिए । 

उनीहरु वीच लामो संवाद आइतबार ब्यवसयाी गोयलको निवासमा भएको थियो । अवधेशानन्द गिरिजी महाराज विशेषगरी भारतको जूना अखाडाका आचार्य महामण्डलेश्वरका रूपमा परिचित छन् । जूना अखाडा भारतका सबैभन्दा ठूलो र प्रभावशाली सन्यासी अखाडामध्ये एक हो। त्यहीका आचार्य महामण्डलेश्वरको रुपमा परिचित अवधेशानन्द गिरिजी महाराजसँग भेट गरेर पार्टी महाधिवेशनमा नगएका अमरेशबारे अहिले रास्वपाभित्रै अनेक टिकाटिप्पणी सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस