सप्तरी । रुपनी गाउँपालिकाको गाउँकार्यपालिका सदस्य पदमा जसपा र लोसपाका उम्मेदवारहरू विजयी भएका छन् । दलित वा अल्पसंख्यक खुलf सदस्यतर्फ लोकतान्त्रिक समाजवादी पार्टीका मुकेशकुमार कर्णले २२ मत र जनता समाजवादी पार्टीका नविना खवासले २१ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनीहरूको निकटतम प्रतिद्वन्द्वीहरू नेकपा माओवादीका देवलाल मालीले सात, भुवनेश्वर इसरले सात र नेपाली कांग्रेसका ज्ञानेन्द्रकुमार इसरले पाँच मत प्राप्त गरेका थिए ।यसैगरी, महिला सदस्यतर्फ लोकतान्त्रिक समाजवादी पार्टीका पुनिताकुमारी मण्डलले २४, अनारदेवी पासवानले २३ जनता समाजवादी पार्टीका पुनमदेवी रजक २३ र रामकुमारी सदाले २२ मत प्राप्त गरी विजयी भएका छन् ।
उनीहरूका निकटतम प्रतिद्वन्द्वी माओवादीका गुलावदेवी साफी सात मत, दानावती देवी साहले सात मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय रुपनीले जानकारी दिएको छ।
दलित वा अल्पसंख्यकतर्फ दुई पदका लागि पाँच जना र महिलातर्फ चार पदको लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका थिए । गाउँकार्यपालिका पदका लागि शनिबार सम्पन्न मतदानमा जसपा र लोसपाका उम्मेदवार निर्वाचित भएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ जेठ २०७९, १६ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै
समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा