सप्तरी । रुपनी गाउँपालिकाको गाउँकार्यपालिका सदस्य पदमा जसपा र लोसपाका उम्मेदवारहरू विजयी भएका छन् । दलित वा अल्पसंख्यक खुलf सदस्यतर्फ लोकतान्त्रिक समाजवादी पार्टीका मुकेशकुमार कर्णले २२ मत र जनता समाजवादी पार्टीका नविना खवासले २१ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनीहरूको निकटतम प्रतिद्वन्द्वीहरू नेकपा माओवादीका देवलाल मालीले सात, भुवनेश्वर इसरले सात र नेपाली कांग्रेसका ज्ञानेन्द्रकुमार इसरले पाँच मत प्राप्त गरेका थिए ।यसैगरी, महिला सदस्यतर्फ लोकतान्त्रिक समाजवादी पार्टीका पुनिताकुमारी मण्डलले २४, अनारदेवी पासवानले २३ जनता समाजवादी पार्टीका पुनमदेवी रजक २३ र रामकुमारी सदाले २२ मत प्राप्त गरी विजयी भएका छन् ।
उनीहरूका निकटतम प्रतिद्वन्द्वी माओवादीका गुलावदेवी साफी सात मत, दानावती देवी साहले सात मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय रुपनीले जानकारी दिएको छ।
दलित वा अल्पसंख्यकतर्फ दुई पदका लागि पाँच जना र महिलातर्फ चार पदको लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका थिए । गाउँकार्यपालिका पदका लागि शनिबार सम्पन्न मतदानमा जसपा र लोसपाका उम्मेदवार निर्वाचित भएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ जेठ २०७९, १६ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै