काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेको तस्बिर सार्वजनिक भएको छ । मंगलबार एमालेका नेताहरुमार्फत ओली र साहबीच भेटवार्ताको तस्बिर सार्वजनिक गरिएको हो ।
ओली सचिवालयले बालेन केही दिनअघि नै ओलीलाई भेट्न बालकोट पुगेपनि मिडियामा यो विषय बाहिर ल्याइएको थिएन । सार्वजनिक तस्बिरमा सेतो कुर्ता पहिरिएका ओलीले सुट प्यान्टमा बालकोट पुगेका बालेनलाई स्वागत गरेर खादा लगाइदिएको देखिन्छ ।
बालेन स्वतन्त्रबाट उम्मेदवारी दिएर काठमाडौंको मेयर निर्वाचित भएका थिए । उनको निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सिर्जना सिंह रहेकी थिइन् भने एमालेबाट उम्मेदवार बनेका केशव स्थापित भने तेस्रो बनेका थिए ।
काठमाडौं महानगरपालिकाको उपमेयरमा भने एमालेबाट सुनिता डंगोल निर्वाचित भएकी थिइन् । बालेन र ओलीबीच बालकोटमा भएको भेटको तस्बिर यतिबेला सामाजिक सञ्चालनमा चर्चाको विषय बनेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ जेठ २०७९, २० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी एकताको सम्भावना छैन: ओली
एमालेको नीति सही छ, एकताको लागि कुनै छलफल गर्दैन : ओली
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
मानव अधिकार आयोगसँग ओलीले मागे जेन जेड आन्दोलनको प्रतिवेदन
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली