पदभार लगत्तै रेनु दाहालको पहिलो निर्णय : अब भरतपुरमा जन्मिने छोरीलाई निःशुल्क बीमा, महानगरबासीलाई निःशुल्क ७ हजार लिटर खानेपानी

सफल खबर संवाददाता

बुधबार, ११ जेठ २०७९, ०८ : ५४
पदभार लगत्तै रेनु दाहालको पहिलो निर्णय : अब भरतपुरमा जन्मिने छोरीलाई निःशुल्क बीमा, महानगरबासीलाई निःशुल्क ७ हजार लिटर खानेपानी

चितवन ।  भरतपुर महानगरपालिकामा पुनः निर्वाचित प्रमुख रेनु दाहालले बुधबार (आज) विहान पदभार ग्रहण गरेकी छिन् । पदभार ग्रहण गर्दै दाहालले दुई वटा महत्वपुर्ण निर्णय गरेकी छिन् । 

उनले दोश्रो कार्यकालको पहिलो निर्णयमा अब भरतपुरमा जन्मिने छोरीलाई निःशुल्क बीमा गरिने तथा दोश्रो निर्णयमा भरतपुरभित्र ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकलाई  निशुल्क वितण गरिने बताएकी छिन । 

निर्णयमा अब भरतपुरमा जन्मिने छोरीलाई रु एक लाखको बिमा गरिने र त्यसको १५ वर्ष अवधिको हुनेछ । सो समयवधि पछि छोरीले १ लाख रुपैंया पाउनेछिन् ।  त्यस्तै अर्को निर्णयमा महानगर भित्र ७ हजार लिटर सम्म खानेपानी खपत गर्ने कुनै पनि स्थानियबासीलाई  कुनै पनि शुल्क लाग्ने छैन ।

त्यस्तै महानगर प्रमुख दाहालले अबको २ वर्षभित्र भरतपुरको चौकी डाँडादेखि गोलाघाटसम्म खानेपानीको पहुच पु¥याएरै छाड्ने पनि उल्लेख गरेकी छिन् । 

प्रतिक्रिया दिनुहोस