रेनु दाहालको चुनाव खर्च १४ लाख

सफल खबर संवाददाता

विहीबार, ०५ चैत्र २०८२, १७ : ४९
रेनु दाहालको चुनाव खर्च १४ लाख

चितवन । चितवन क्षेत्र नम्बर ३ बाट नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार रेनु दाहालले आफ्नो चुनावी खर्च निर्वाचन कार्यालयमा बुझाएकी छिन् ।

प्रतिनिधिमार्फत उनले बिहिबार खर्च विवरण बुझाएकी हुन्।

उनको विवरणअनुसार निर्वाचनमा १४ लाख ६६ हजार ७ सय रुपैयाँ खर्च भएको छ।

अधिवक्ता गोपीलाल देवकोटाका अनुसार आज चैत्र ५ गते चुनावी खर्च निर्वाचन कार्यालयमा बुझाइएको हो ।

प्रतिक्रिया दिनुहोस