रेनु दाहालले सार्वजनिक गरिन वेवसाईट

तस्वीर खिचेर समर्थन गर्न सकिने सुविधा

सफल खबर संवाददाता

विहीबार, ०७ फागुन २०८२, १४ : ५२
रेनु दाहालले सार्वजनिक गरिन वेवसाईट

भरतपुर । मतदातासॅग डिजिटल माध्यममा सम्पर्क स्थापित गर्ने उदेश्यले रेनु दाहालले वेवसाइट संचालनमा ल्याउनुभएको छ। https:www.renuformp.com डोमेनमा दाहालले वेवसाइट सुरु गर्नुभएको हो । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीबाट तारा चुनाव चिन्ह लिएर चितवन-३ मा उम्मेदवार बनेकी दाहालले हालै आइटी सचिवालय मार्फत नयॅा वेवसाइट लञ्च गर्नुभएको हो । आफ्नो बिस्तृत परिचय,राजनीतिक दर्शन, राजनीतिक अभियान, एजेन्डा र भावी लक्ष्य समेत समेटिएको वेवसाइटमा मतदातासँग सिधा संवाद गर्ने उदेश्य लिएको नेतृ दाहालले बताउनुभयो । 

वेबसाइटमा उम्मेदवार रेनु दाहाल को जीवन परिचय, राजनीतिक अनुभव, विकास योजना र आगामी निर्वाचनका लक्ष्यबारे विस्तृत जानकारी पाउने व्यवस्था रहेको छ । रेनु दाहाललाई समर्थन गर्न चाहनेले आफ्नै तस्वीर राखेर समर्थन पोष्ट गर्न मिल्ने बनाइएको छ। 

वेवसाइटमा समर्थक वा शुभेच्छुकहरूले प्रतिक्रिया, सुझाव र प्रश्न पठाउन सक्ने सुविधा पनि यसमा उपलब्ध छ ।

दाहालले आफ्नो चुनावी अभियानका क्रममा सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्महरूको प्रयोगलाई पनि जोड दिँदै विशेषगरी नयॅा मतदातासँग सिधा संवाद कायम गर्ने रणनीति अपनाउनुभएको हो।

प्रतिक्रिया दिनुहोस