सोबिता गौतमलाई बधाई दिँदै रेनु दाहालको प्रतिक्रिया : जनताको अमुल्य मतको सम्मान गर्दछु

सफल खबर संवाददाता

शनिबार, २३ फागुन २०८२, १४ : ००
सोबिता गौतमलाई बधाई दिँदै रेनु दाहालको प्रतिक्रिया : जनताको अमुल्य मतको सम्मान गर्दछु

काठमाडौं, नेपाली कम्युनिष्ट पार्टीकी नेतृ तथा भरतपुर महानगरकी पूर्व मेयर रेनु दाहालले जनताको अमूल्य मतको सम्मान गर्ने घोषणा गरेकी छिन् । फेशबुकमार्फत उनले आफूले सो क्षेत्रका जनताको काममार्फत मन जितेको भएपनि मत जित्न नसकेको स्विकारेकी छिन् । उनले फेसबुकमा लेखेकी छिन्–

 

जनताका सपनाहरु, आवश्यकताहरु, चाहानाहरु पुरा गर्नु नै मैले मेरा सपना ठानें।

झन्डै ३० वर्षे मेरो राजनितिक जिवनकालमा भरतपुरमा मैले मेरो जीवनको उर्जाशील ९ वर्ष यस ठाउँको बिकास, समृध्दि र सुशासनका लागि समर्पित गरें।

मलाई लाग्यो बिकासका लागी जनताका पक्षमा राम्रा निति नियम नहुनाले कामहरू असहज भईरहेका छन्।

त्यसका लागि म १५ महिना नगर प्रमुखको कार्यकाल बाँकी छदै बाहिरिएर प्रतिनिधिसभा निर्वाचन चितवन ३ बाट उमेदवारी दिई निर्वाचनमा होमिएं।

यधपी मत परिणाम आईसकेको छ। जनताको अमुल्य मतको सम्मान गर्दछु।

मैले काम द्वारा तपाईंहरुको मन त जिते तर मत जित्न सकिनँ। मत जित्ने मा.सोविता गौतमलाई धेरै धेरै बधाई भन्न चाहान्छु।

प्रिय चितवनबासीको मत पक्कै खेर जानेछैन।आगामी दिनमा काम द्वारा जनतामा खुशीयाली र चितवनको थप बिकास र समृद्धी का लागी शुभकामना ब्यक्त गर्दछु।

यो सुनामीको लहडमा पनि मलाई विश्वास गरेर मतदान गर्नुहुने सम्पुर्ण मतदाताहरु प्रति म ऋणी छु। तपाईहरूको यो गुन मैले कहिल्यै बिर्सने छैन।

चुनाबी अभियानमा निरन्तर सकृय र उत्साहका लाथ खट्नुहुने नेपाली कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता तथा सम्पुर्ण समर्थक शुभचिन्तक एवं मिडीयाकर्मी ,कलाकारहरू प्रति बिशेष आभार सहित धन्यबाद ब्यक्त गर्दछु।

चितवनबासीको हक हित, बिकास र समृध्दिका लागि भने म निरन्तर साथमा हुनेछु। धन्यबाद🙏🏽

नेकपा चितवन ३ उमेदवार

रेनु दाहाल।