काठमाडौं । स्थानीय तहको निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले जहाँ पुगेर भाषण गरे त्यहाँ महागठबन्धन भई एमाले पराजित भएको छ। एमालेका अध्यक्ष पुगेर पार्टी पंक्तिलाई उत्साही पार्ने र विपक्षीलाई पेल्न भाषण गर्दा सबै मिलेर ती ठाउँमा एमालेलाई पराजित गरेका हुन्।
स्थानीय तहको निर्वाचन एकै दिन चारदेखि पाँचवटा स्थानमा पुगेर एमाले अध्यक्षले भाषण गरेका थिए। उनले भाषण गरेको केही जिल्लाका स्थानीय तहमा एमालेको प्रमुख जित्न सकेन। चैत १७ गते एमाले अध्यक्ष जुम्ला र कालिकोट पुगेका थिए।
एमाले अध्यक्ष जुम्ला र कालिकोट पुग्दा ठूलै भीड जम्मा भएको थियो। सायद अरू पार्टीले त्यतिधेरै भीड जम्मा भएको थिएन। तर ती दुवै जिल्लामा एमालेले एउटा पनि स्थानीय तहमा जीत हासिल गर्न सकेन। त्यहाँ कांग्रेस, माओवादी र नेकपा एसले पूरै गठबन्धन गरेर एमालेलाई दोस्रो स्थानमा राखे।
त्यति मात्र होइन एमालेको प्रभाव रहेको बुटवलमा वैशाख २५ गते गएर भाषण गरेका थिए। त्यहाँ गठबन्धन दलका तर्फबाट पनि सभा गरिएको थिए। तर ओलीले एमालेको पकड रहेकै बुटवलमा पुगेर भाषण गरे पनि २५ वर्षपछि कांग्रेसका खेलराज पाण्डेयले जित हाँसिल गरे। उनले ३० हजार २सय ४९ मत ल्याए भने एमालेका बाबुराम भट्टराई २२ हजार मत ल्याएका थिए।
त्यहाँ एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलको क्षेत्र हो। त्यसैगरी रूपन्देहीको सैनामैना नगरपालिकामा पनि कांग्रेसले जित हासिल गरेको छ। वुटवल र सैनामैना पनि एमालेविरुद्ध सबै पार्टीको गठबन्धन भएको थियो। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०९ जेठ २०७९, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली
ओलीलाई अष्टलक्ष्मीको सुझाव- ‘यही बैठकबाट बिदा लिनुस्
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप