रेनु दाहाल भन्छिन : ‘महानगरभित्र राम्रो काम गरेको छु, अधुरो काम पुरा गर्न पनि मेरो जित आवश्यक छ’

चितवनमा पॉच दलिय गठबन्धन सुद्रिढ

सफल खबर संवाददाता

शनिबार, १७ बैशाख २०७९, ११ : १५
रेनु दाहाल भन्छिन : ‘महानगरभित्र राम्रो काम गरेको छु, अधुरो काम पुरा गर्न पनि मेरो जित आवश्यक छ’

चितवन । स्थानिय तहको निर्वाचन बैसाख ३० नजिकिदै गर्दा देशभरि नै चुनावी सरगर्मी यतिबेला ह्वात्तै बढेको छ । दलहरू चुनाबी गतिविधी र प्रचारप्रसारलाई तिव्र रुपमा अगाडी बढाईरहेका छन् । उम्मेदवारी दर्ता भएसंगै उम्मेदवारहरु प्रचारप्रसार र घरदैलो अभियानमा जुटेका छन् । चुनावी सरगर्मी बढिरहदा ५ दलिय गठबन्धनको पकड जिल्ला जिल्लामा बलियो बन्दै गएको छ ।

चितवनको भरतपुर महानगरसंगै अन्य सातवटै पालिकाहरु कालिका, रत्ननगर, खैरहनी, राप्ती, माडी र ईच्छाकामनामा ५ दलिय गठबन्धनले प्रचारप्रसारलाई तिब्रता दिएका छन् । जिल्लामा बनेको एमाले र राप्रपाको गठबन्धनलाई छाँयामा पार्दै प्रचारप्रसारलाई  झनै आक्रामक बनाएको छ ।

देशैभरको निर्वाचनको केन्द्र बनेको भरतपुर महानगर 
५ दलिय गठबन्धनका साझा उम्मेदवार मेयर रेनु दाहाल र उप मेयर चित्रसेन अधिकारी चुनावी मैदानमा खरो ढंगले उत्रिएका छन् । भरतपुर महानगरपालिकामा उत्कृष्ठ कार्य सम्पादन गरी एक कार्यकाल पुरा गरेर जनताको मन जित्न सफल भएकी मेयरको उम्मेदवार रेनु दाहाल र वडाअध्यक्षको कार्यकाल पुरा गरेका चित्रसेन अधिकारीलाई बिगतमा समग्र भरतपुरको बिकास र जनसेवामा खेलेको महत्वपूर्ण भूमिकाका कारण आम मतदाता  ५ दलिय गठबन्धनका साझा उम्मेदवारको पक्षमा खुलेर लागेका छन् ।

गठवन्धनका साझा उम्मेदवारले बिगतमा गरेका विकास निर्माण र जनसेवाका कारण एमाले र राप्रपा गठबन्धनका उम्मेदवारहरुलाई मतदाता रिजाउन सकस परेको छ ।  भरतपुरमा लगायत जिल्लाका ७ वटै पालिकामा ५ दलिय गठवन्धनले प्रमुख, उपप्रमुखसंगै वडासदस्य सम्मै तालमेल मिलाई एकिकृत ढंगले चुनाबी अभियान अगाढी बढाएसंगै एमाले–राप्रपा गठबन्धन कमजोर बन्दै गएको विश्लेषकहरुको तर्क रहेको छ ।

बिगत ५ बर्षमा आफूले नगरवासीको चाहना र माग अनुसार काम गरेका कारण मतदाताको रोजाईमा आफु नै परेको प्रमुख पदकी उम्मेदवार रेनु दाहालले बताईन् । उनले भनिन्,‘मैले बितेको ५ बर्षमा समृद्ध भरतपुर सुन्दर र देशकै हेर्न लायक शहर बनाउने  नक्सा कोरिसकेको छु । त्यसका आधारहरू बनेकाले अबको ५ बर्षमा पुरा गर्ने  योजना बनायर निर्वाचनमा होमियको छु, यही मेरो बिजयको आधार हो ।’

प्रमुखको उम्मेदवार दाहालले बितेको ५ बर्षमा ५ सय ३० किमी सडक कालोपत्रे सहित भरतपुरलाई फराकिलो सडक संजालले जोडेको बताईन् । महानगर रिंगरोड, लिंक रोड निर्माणाधिन छ, सिटीहल, पूलचोक– गोन्द्राडं ६ लेन सडक निर्माणाधिन छ, बाईपास सडक, हुलाकी सडक लगायत थूप्रै रणनितिक सडकहरू निर्माणाधिन छन् । सिटिहल बनिरहेको छ, अनि नदी तटिय क्षेत्रमा बसोबास गर्ने बासिन्दाका लागि तटबन्ध लगायत अन्य रोकथामका प्रयास भएकाले अब यस क्षेत्रका बसिन्दा सदाका लागी सुरक्षित बनेका छन् ।

नारायणी नदिमी तटबन्धनको काम सुरू भएको, गौतमबुद्द अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सम्पन्न गरी संचालनमा ल्याउनु रहेको भन्दै उनले भरतपुर महानगरपालिकाको स्मार्ट सिटी गुरूयोजना निर्माण सम्पन्न भयको छ, गुरू योजना बमोजिम काम अगाडी बढाउनु छ । उनले शिक्षा ,स्वास्थ्य, पिउने पानी, रोजगारी थप व्यवस्थित बनाउनुपर्ने भएकाले पनि आफ्नो उम्मेदवारी रहेको बताई्न् । 

प्रतिक्रिया दिनुहोस