काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सदस्यता अद्यावधिक कार्य तीव्र गतिमा भइरहेको बताएका छन्। वैशाख १ गतेदेखि थालेको क्रियाशील सदस्यता अद्यावधिकको लागि आजसम्मको मिति तोकेको छ।
उनले भने, ‘कायम भएको क्रियाशील सदस्यमध्ये ६० प्रतिशतभन्दा धेरैले अद्यावधिक गरिसक्नुभएको छ। आज पनि उल्लेख्य गतिमा अद्यावधिक कार्य जारी छ। ठुलो सङ्ख्या आज पनि अद्यावधिक हुने देखिएको छ। घण्टामै हजारौँले गरिराख्नुभएको छ। अहिले सङ्ख्या यति भयो भन्न सक्ने अवस्था छैन।’
उनले हिजो एकै दिन करिब ६२ हजारभन्दा धेरैले अद्यावधिक गरेको बताए। १४ औँ महाधिवेशनमा ८ लाखभन्दा धेरै क्रियाशील सदस्यता कायम रहेको कांग्रेसमा गएको पुससम्म करिब ६ लाखभन्दा धेरैले नवीकरण गरेका थिए।
सदस्यता अद्यावधिकलाई लिएर इतर पक्षले विमति राख्दै आइरहेको छ। पूर्वसभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहले सदस्यता अद्यावधिकको विरोध गर्दै आइरहेको भए पनि पछिल्लो समय अद्यावधिक गर्नेको सङ्ख्या ह्वात्तै बढेको छ।
त्यसबारे महामन्त्री पौडेलले भने, ‘उहाँहरू पछिल्लो समय सदस्यता अद्यावधिकको विषयमा लचक हुनुभएको छ। त्यसैले उहाँहरूले आफूनिकटका व्यक्तलाई नगर्नू नभनेको हामीले बुझेका छौँ। शीर्ष नेताहरूबाट अधिकांशले गरिसक्नुभएको छ।’
उनले सदस्यता अद्यावधिक गर्ने पार्टीले अभियान नै चलाइसकेपछि रोकिने अवस्था नभएको बताए।
उनले भने, ‘उहाँहरूले भनेर पनि रोकिने अवस्था बनेको छैन। शीर्ष नेताहरूबाहेक अधिकांशले गरिसक्नुभएको छ। पार्टीलाई डिजिटलाइज गर्नको लागि अद्यावधिक गरेको भन्ने उहाँहरूले बुझ्दै हुनुहुन्छ।’
उनले सदस्यता अद्यावधिकको समय थप गर्ने नगर्ने भन्ने बेलुका मात्रै थाहा हुने बताए। उनले भने, ‘अद्यावधिक गर्नेहरूले गरिराख्नुभएको छ, त्यसैले अहिलेसम्म हामीले थप्ने सोचेका छैनौँ, बेलुकाको अवस्था हेरेर क्षेत्रगत रूपमा आवश्यकता अनुसार निर्णय लिन्छौँ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ जेठ २०८३, १३ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
कांग्रेसको अनुशासन समितिको बैठक बस्दै
काँग्रेसद्वारा केन्द्रीय अनुशासन समितिको बैठक आह्वान
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी नयाँ आवेदन प्रक्रिया अनलाइन माध्यमबाट सुरु
कांग्रेसले बोलायो विपक्षी दलको बैठक
राष्ट्रिय सद्भावना पार्टी काँग्रेसमा औपचारिक रूपमा समाहित