उम्मेदवारविरुद्धको उजुरीमाथि छानबिन चल्दै

सफल खबर संवाददाता

बुधबार, १४ बैशाख २०७९, ०७ : ४९
उम्मेदवारविरुद्धको उजुरीमाथि छानबिन चल्दै

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तरगत निर्वाचन आयोगले तोकेको समयभित्र उम्मेदवारी दिने उम्मेदवार विरुद्ध परेका उजुरीमाथि छानबिन प्रक्रिया चलिरहेको छ । यो क्रम बुधबार र बिहीबार चल्ने निर्वाचन आयोगले जनाएको छ ।

आइतबार र सोमबार मनोनयन दर्ता भएकामा मंगलबार उम्मेदवारविरुद्ध उजुरी आह्वान भएको थियो । उजुरीमाथि आज र भोलि जाँचबुझ हुने निर्वाचन आयोगका प्रवक्ता शालिकराज शर्मा पौडेलले जानकारी दिए । 

आयोगले बिहीबार उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।