काठमाडौं । स्थानीय तह निर्वाचन अन्तरगत निर्वाचन आयोगले तोकेको समयभित्र उम्मेदवारी दिने उम्मेदवार विरुद्ध परेका उजुरीमाथि छानबिन प्रक्रिया चलिरहेको छ । यो क्रम बुधबार र बिहीबार चल्ने निर्वाचन आयोगले जनाएको छ ।
आइतबार र सोमबार मनोनयन दर्ता भएकामा मंगलबार उम्मेदवारविरुद्ध उजुरी आह्वान भएको थियो । उजुरीमाथि आज र भोलि जाँचबुझ हुने निर्वाचन आयोगका प्रवक्ता शालिकराज शर्मा पौडेलले जानकारी दिए ।
आयोगले बिहीबार उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ बैशाख २०७९, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामाजिक सञ्जालमा मात्रै उम्मेदवारहरुले गरे १ करोड ५६ लाख खर्च
सात जिल्लाका ४ सय ९३ उम्मेदवारको जमानत जफत
कांग्रेसका दुई उम्मेदवारको अग्रता
पर्सा–२ का उम्मेदवार चौधरीसहित चार जना पक्राउ
रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज
विष्णु पौडेल उम्मेदवार रहेको रुपन्देही-२ मा काँग्रेसलाई राप्रपाको समर्थन