पर्सा–२ का उम्मेदवार चौधरीसहित चार जना पक्राउ

सफल खबर संवाददाता

बुधबार, २० फागुन २०८२, १२ : १६
पर्सा–२ का उम्मेदवार चौधरीसहित चार जना पक्राउ

वीरगन्ज (पर्सा) । पर्सा प्रहरीले शंकास्पद वस्तुसहित पर्साको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ का उम्मेदवार मनोजकुमार चौधरीसहित चार जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त जाँच टोलीले पर्साको हरपुरबाट बडनिहारतर्फ आउँदै गरेको बा१०च १२५० नम्बरको गाडीमाथि जाँच गर्दा गाडीको पछाडि डिक्कीभित्र पहेँलो टेपले बेरिएको टिनको बक्साभित्र शंकास्पद वस्तु फेला पारेर अनुसन्धान भइरहेको जनाएको छ ।

पर्साका प्रहरी प्रमुख सुदीपराज पाठकले शंकास्पद वस्तुसहित पक्राउ गरेका चारै जनामाथि अनुसन्धान भइरहेको जानकारी दिए। पक्राउ पर्नेमा ४६ वर्षीय उम्मेदवार चौधरी, बाराको प्रसौनी गाउँपालिका–४ का सहाब आलम अन्सारी, धनुषाको धनुषाधाम नगरपालिका–४ का सुरज कार्की, पर्सागढी नगरपालिका–३ का सत्यनारायण थारू रहेका छन्

 

प्रतिक्रिया दिनुहोस