काठमाडौं । नेकपा माओवादी केन्द्रले बागी उम्मेदवारी दिएका पार्टीका सबै उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । वैशाख १५ गतेभित्र उम्मेदवारी फिर्ता नदिए पार्टीबाट बर्खास्त गरिने माओवादीले स्पष्ट पारेको छ ।
माओवादी बागमती प्रदेश कमिटीका अध्यक्ष सरल सहयात्रीले मंगलबार जारी गरेको विज्ञप्तिमा पाँच दलीय गठबन्धनलाई र वैज्ञानिक समाजवादका लागि नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुलाई मतदान गर्न अनुरोध गरेका छन् ।
उनले पार्टी र गठबन्धनका विरुद्ध स्वतन्त्र चिन्ह लिँदै बागी उम्मेदवारी दिने पार्टीका सबै उम्मेदवारलाई उम्मेदवारी फिर्ता गर्न निर्देशन दिँदै पार्टी निर्णय विपरित कदम नचाल्न भनेका छन् ।
‘वैशाख १५ भित्र सबै बागी उम्मेदवारले मनोनयन फिर्ता नलिए नेपाल कम्यनिष्ट पार्टी (माओवादी केन्द्र) बागमती प्रदेश समितिले जारी गरेको निर्वाचन निर्देशिका अनसार सबै जिम्मेवारीबाट तत्काल निलम्बन गरी कार्वाही प्रक्रिया अगाडि बढाइनेछ’, उनको विज्ञप्तिमा भनिएको छ ।
उनले पार्टी र गठबन्धनको आधिकारिक उम्मेदवारलाई सहयोग नगरी विपक्षी दलका उम्मेदवारलाई सहयोग गरेको पाइए कडा कारबाही गरिने पनि स्पष्ट गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ बैशाख २०७९, २१ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अखिल क्रान्तिकारी चितवनले गर्यो जेन जि आन्दोलनमाथि भएको दमनको निष्पक्ष छानबिन र न्यायको माग
काँग्रेस र एमालेलाई चुनावको पक्षमा उभिन माओवादीको अपिल
अखिल (क्रान्तिकारी) चितवनका जिल्ला अध्यक्षमा इ. सुशिल कार्की (अब्दुल) चयन
माओवादी निकट जेनजीको संगठन, तिहार लगत्तै एक्सनमा उत्रिने तयारी
मतदाता नामावली अद्यावधिक कार्यमा गम्भीर बन्न पार्टी पङ्क्तिलाई माओवादीको पत्र
चुनावमा जाने निर्णय गरेका छौँ : प्रचण्ड