काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्र बारे एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन् ।
उनले नेपाली कांग्रेसले जमिनमा टेकेर गर्न सकिन कामहरुमात्र घोषणापत्रमा उल्लेख गरेको भन्दै एमालेले जस्तो हावादारी घोषणापत्र तयार गर्न नसकिएको टिप्पणी गरेका छन् ।
उनले एमाले घोषणापत्रलाई उडन्ते गफ जस्तो हावामा उडिरहने भएको बताएका छन् ।
मंगलबार सामाजिक सञ्जालमा शर्माले लेखेका छन् , 'जिम्मेवार सपना त्यो होइन जो उडन्ते गफ जस्तो हावामा उडिरहन्छ, सपना त्यो हो जो जिम्मेवार ढंगले धरातलमा उभिन्छ !
`जमिनमा टेकेर गर्न सकिने कामहरू´ मात्रै उल्लेख कांग्रेसको घोषणापत्र श्रद्देय केपी शर्मा ओली लाई मन परेन ठिकै छ। तर कम्तिमा बिषयको बहसमा आउन चाहेकोमा धन्यवाद छ उहाँलाई !'
शर्माले एमाले अध्यक्ष ओलीले मंगलग्रहमा माछापालन र चन्द्रमामा च्याउ खेतीको सपना देखाउन खोजेको भन्दै त्यसलाई उनले उडन्ते सपनाहरुको गफको पुलिन्दाको संज्ञा दिए ।
'मंगलग्रहमा माछापालन र चन्द्रमामा च्याउ खेतीको सपना देखाउन मात्रै बाँकी राख्नु भएको छ' ओलीलाई सम्बोधन गर्दै उनले लेखेका छन्, 'माफ गर्नोस् श्रद्देय कमरेड `उडन्ते सपनाहरुको गफको पुलिन्दा´लेख्न कांग्रेसलाई आएन !'
चुनावी मैदानमा घोषणापत्रदेखि उम्मेदवारको चरीत्र सम्मको चिरफार गर्न उनले आग्रह गरेका छन् । खरा प्रश्न गर्न जनतालाई अपील गर्न र जिम्मेवार ढंगले जवाफ पेश गर्न उनले आग्रह गर्दै भनेका छन्, 'तर मर्यादा भन्दा तल गालिमा नझरौं !´सानोदेखि लागेको बानी´ भनेर निर्वाचन आचारसंहिताले उच्च तहलाई पनि घृणास्पद अभिव्यक्तिको छुट दिंदैन, चेतना भया !'
मंगलबार एमाले अध्यक्ष ओलीले कांग्रेस घोषणा पत्रलाई 'पागलहरुको प्रलाप' भनेर टिप्पणी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ बैशाख २०७९, १९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी समूहबिच भएको सहमति कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्छ : विश्वप्रकाश शर्मा
फागुन २१ को चुनाव यी २ कारणले सर्न सक्छ : विश्वप्रकाश शर्मा
विशेष महाधिवेशनको माग बेवास्ता गरिए राजीनामा दिन्छु : विश्वप्रकाश शर्मा
विशेष महाधिवेशन आयोजना गर्ने कि नगर्ने अहिलेको मूल प्रश्न हो : विश्वप्रकाश शर्मा
विश्वप्रकाश शर्माद्वारा चुनावअघि महाधिवेशन गर्न सकिने चार विकल्प प्रस्ताव
‘फरक मत आउनु स्वाभाविक, कसैले धूप हाल्दैमा काँग्रेस फुट्दैन’ : विश्वप्रकाश शर्मा