काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेनजेड आन्दोलनको बेलामा प्रधानमन्त्री छाड्ने फेरि चुनावपछि बन्ने प्रयासमा रहेको भन्दै एमाले अध्यक्ष ओलीको आलोचना गरेका छन् ।
गुल्मी पुगेका उपसभापति शर्माले निवर्तमान सभापति शेरबहादुर देउवालाई आफूहरूले विनम्रतापूर्वक आग्रह गरेर नेतृत्व छाड्न लगाएको बताए ।
उनले एमालेलाई लक्षित गर्दै भने, अब अझै फेरि उनै अनुहार के भदौ २३ र २४ को विद्रोह थाहा छैन ? त्यो बेला देशमा प्रधानमन्त्री रहनुभएको को थियो थाहा छैन? हामी पनि सरकारमा थियौँ। कमजोरीको कुरा हामी पनि जिम्मेवारी लिन्छौँ , ‘सबै उहाँको टाउकोमा हाल्दैनौँ। तर जेनजेड को मुभमेन्टको बेलामा प्रधानमन्त्रीजीले छोड्नुपर्ने, फेरि जेनजेडको मुभमेन्ट सकेर चुनाव भइसकेपछि उहाँलाई नै प्रधानमन्त्री बनाउनुपर्ने ? भनेपछि बदलियो के?’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ फागुन २०८२, १५ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीसँग छलफल गर्न विश्वप्रकाश शर्मा पुगे गुण्डु
संवैधानिक व्याख्या र बहुमतबारे सर्वोच्चको निर्णय सबैले मान्नुपर्छ’: विश्वप्रकाश शर्मा
पराजयको सम्पूर्ण दोष बोक्न तयार छु: विश्वप्रकाश शर्मा
मतदाताको फैसला स्वीकार्य छ : विश्वप्रकाश शर्मा
मतदान पछि विश्वप्रकाश शर्माले भने- भयरहित वातावरणमा मतदान गरौँ
चुनावपछि काँग्रेस पहिलो पार्टी बन्ने विश्वप्रकाश शर्माको दाबी