काठमाडौ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा नेकपा (एमाले)सँग छलफल गर्न भक्तपुरको गुण्डुस्थित ओली निवास पुगेका छन्।
मंगलबार साँझ कांग्रेसका सहमहामन्त्री उदयशमशेर जबरासहित शर्मा गुण्डु पुगेका हुन्। उनी सुर्खेतबाट फर्के लगत्तै सिधै ओलीलाई भेट्न पुगेका हुन्।
कांग्रेस र एमालेबीच प्रदेश सरकार हेरफेरका विषयमा छलफल गर्न शर्मा गुण्डु पुगेका हुन्। सातै प्रदेशका सरकारका विषयमा छलफल हुने जनाइएको छ।
यसअघि कांग्रेस र एमालेबीचको सहमतिमा प्रदेश सरकार गठन भएका थिए। त्यतिवेला आलोपालो नेतृत्व गर्ने सहमति भएको थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० बैशाख २०८३, ०९ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ
कारागारका कैदीबन्दीको रकम असुली गरेको आरोपमा कांग्रेसका स्थानीय नेता पक्राउ
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन