एनआईसी एशियाको खुद नाफा २० प्रतिशतले बढेर तीन अर्ब ६० करोड पुग्यो

सफल खबर संवाददाता

बुधबार, ०७ बैशाख २०७९, ११ : १३
एनआईसी एशियाको खुद नाफा २० प्रतिशतले बढेर तीन अर्ब ६० करोड पुग्यो

 काठमाडौं ।एनआईसी एशिया बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा तीन अर्ब ६० करोड रुपियाँ नाफा गर्न सफल भएको छ । बैंकले बुधबार सार्वजनिक गरेको उक्त अवधिको अपरिस्कृत वित्तीय विवरणमा खुद नाफा २० प्रतिशतले बढेको देखिन्छ । 

सबैभन्दा ठूलो शाखा सञ्जालमार्फत लाखौं ग्राहकहरुलाई बैंकिङ सेवा दिँदै आएको यस बैंकले वित्तीय विवरणअनुसार अधिकांश सुचकहरु उत्साहजनक देखिन्छ । एनआईसी एशियाले समीक्षा अवधिमा कुल कर्जा रकम रू. २७४.७४ अर्ब पु¥याउन सफल भएको छ भने कुल निक्षेप संकलन रू. ३०२.८१ अर्ब पु¥याउन सफल भएको छ । 

यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल २१.४६ प्रतिशत रहेको छ, जुन २७ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । साथै, यस बैंकले वार्षिक प्रति शेयर आम्दानी रू. ४१.९४ आर्जन गर्न बैंक सफल भएको छ जुन २७ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान सो बैंकले गरेको छ । 

बैंकले कोभिड–१९ को विषम परिस्थितिमा समेत कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई तेस्रो त्रयमाससम्ममा ०.५१ प्रतिशतमा सीमित राख्न सफल भएको जानकारी दिएको छ । बैंकले तेस्रो त्रयमाससम्ममा नौ लाख भन्दा बढी नयाँ खाताहरू थप गर्दै ३७ लाख भन्दा बढी खाता पुर्याउन सफल भएको छ । यसै अवधिसम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरूभन्दा आफूहरु अग्रणी स्थानमा रहेको बैंकको अनुमान छ । 

बैंक दोस्रो त्रयमासमा कर्जा विस्तार, निक्षेप संकलन, प्रति शेयर आम्दानी, स्व–पूँजीमा प्रतिफल, ग्राहक संख्या, शाखा संख्या, विस्तारित काउन्टर संख्या, एटिएम संख्या, डेबिट कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ प्रयोगकर्ता र सञ्चालन मुनाफा (कर्जा नोक्सानी व्यवस्था अघिको) मा मुलुकका अन्य वाणिज्य बैंकहरूमध्ये पहिलो स्थान (ग्राहक संख्यामा निजी बैंकहरुमा पहिलो) ओगट्न सफल भएको थियो । 

एनआईसी एशियाको मुलुकभर ३५८ शाखा, ४७३ एटिएम, १०२ विस्तारित काउन्टर एवं ८१ शाखारहित बैंकिङ सेवा रहेका छन् । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन आफू सफल भएको सो बैंकको भनाई छ । 

प्रतिक्रिया दिनुहोस