काठमाडौँ । सरकारले पुँजी बजारमा संस्थागत लगानी विस्तार गर्दै पेन्सन कोष तथा गैरआवासीय नेपालीको सहभागिता सुनिश्चित गर्ने नीति अघि सारेको छ।
संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पुँजी बजारलाई अझ व्यापक र समावेशी बनाउने योजना सार्वजनिक गरेका हुन्। नीति तथा कार्यक्रममा संस्थागत लगानीकर्ताका रूपमा पेन्सन कोष, बीमा कम्पनी, म्युचुअल फन्ड तथा गैरआवासीय नेपालीको लगानी विस्तार गरिने उल्लेख छ। यसले पूँजी बजारमा दीर्घकालीन स्रोत परिचालन गर्ने अपेक्षा गरिएको छ। त्यसैगरी बजारलाई सुरक्षित, प्रतिस्पर्धी तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्ने लक्ष्य सरकारले लिएको छ। धितोपत्र नियमन प्रणाली, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) तथा क्लियरिङ प्रणालीको संरचनागत सुधार गर्ने योजना पनि समावेश गरिएको छ।
यसका साथै ऋण बजार, बन्ड बजार र पूर्वाधार बन्डको विकासमार्फत दीर्घकालीन पूँजी निर्माणलाई प्राथमिकता दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ बैशाख २०८३, १७ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खर्च कटौतीको नारा, तर मन्त्रीका सल्लाहकारमा करोडौं खर्च
बजेट पारित भएपछि संसद् अधिवेशन अन्त्य गर्ने सरकारको तयारी, अध्यादेशमार्फत शासनको आशंका
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
रास्वपाको जिल्ला अधिवेशनमा ‘नेपाल सरकार’ को लोगो प्रयोग
आगामी वर्ष १६ खर्ब राजस्व संकलन गर्ने सरकारको लक्ष्य
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'