सुशीला कार्कीको आक्रोश : "तपाईंको आमा फेरिइसक्यो, बालेनकी श्रीमतीलाई आमा भन्नू"

सफल खबर संवाददाता

शनिबार, २६ बैशाख २०८३, २१ : ११
सुशीला कार्कीको आक्रोश : "तपाईंको आमा फेरिइसक्यो, बालेनकी श्रीमतीलाई आमा भन्नू"

काठमाडौँ । प्रधानन्यायाधीश सिफारिस प्रकरणपछि पूर्वप्रधानमन्त्री सुशीला कार्की र हालका प्रधानमन्त्री बालेन्द्र शाहकाे सम्बन्धमा गम्भीर दरार आएकाे छ । यसअघि बालेनलाई छाेरमसरह मान्ने सुशीला अहिले उनीसित नराम्ररी चिढिएकी छन् ।

पहिलाे वरियताकी न्यायाधीश सपना प्रधान मल्ललाई पन्छाएर चाैथाे वरियताका डा. मनाेजकुमार शर्मालाई संवैधानिक परिषद्ले सिफारिस गरेपछि कार्की असन्तुष्ट बनेकी हुन् ।

आज आफूलाई `आमा´ भन्दै सम्बाेधन गरेका एक पत्रकारलाई उनले कडा भाषा प्रयाेग गर्दै `अब बालेनकाे श्रीमतीलाई आमा भन्न´ सुझाव दिइन् ।

युट्युवर वीरेन्द्र साहले `आमा दर्शन´ भन्दै कार्कीसामू माइक तेर्स्याउन पुगेका थिए । कार्कीले `काे हाे आमा भन्ने ?´ भन्दै यताउता हेरिन् । अनि साहलाई देखेर भनिन्, `तिमीहरूकाे आमा फेरिइसक्याे । म मेराे बच्चाकाे मात्रै आमा हाे ।´

साहले भने, `हाेइन, तपाईं देशकै आमा हाे ।´ कार्कीले जवाफ फर्काइन्, `मलाई हाेइन, बालेनकी श्रीमतीलाई आमा भन्नू ।´

प्रतिक्रिया दिनुहोस