काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि घोषणा भएको माघ २४ गतेभत्रि मतदाता नामावलीमा नामदर्ता गरी वैशाख २९ गते १८ वर्ष उमेर पूरा हुने ८७४१५३० महिला ८९९२०२० पुरुष तथा १८३ अन्य गरी जम्मा १ करोड ७७ ला ३३ हजार ७ सय २३ मतदाताको अन्तिम नामावली आयोगले स्वीकृत गरको छ।
आयोगका अनुसार मोरङमा सबैभन्दा धेरै मतदाता रहेका छन् । जहाँ ७१५२२३ मतदाता रहेका छन् ।
झापामा ६४६२३४ मतदाता रहेका छन् भने तेस्रो स्थानमा काठमाडौं रहेको छ । ६३७७७५ मतदाता रहेको आयोगले जनाएको छ । आयोगका अनुसार मनाङमा सबैभन्दा कम ६ हजार ४९३ रहेको छ । त्यसपछि मुस्ताङ र डोल्पा रहेको छ ।
आयोगका अनुसार मधेश प्रदेशमा सबैभन्दा धेरै मतदान केन्द्र रहेको छ । जहाँ ४ हजार १८९ मतदान केन्द्र रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ चैत्र २०७८, २१ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समानुपातिकको बन्द सूचीमा २२ दलले मात्रै दिए ११० स्थानमा उम्मेदवारी
निर्वाचन आयोगमा काँग्रेसले बुझायो बन्द सूची
७ वटा दलले बुझाए समानुपातिकको सूची
समानुपातिक उम्मेदवारको बन्द सूची समयमै बुझाउन दलहरूलाई निर्वाचन आयोगको अनुरोध
तोकिएको जरिवाना नबुझाएका ६ वटा राजनीतिक दलको दर्ता खारेज
निर्वाचन आयोगद्वारा समावेशी समूहको प्रतिशत निर्धारण