काठमाडौं । प्रहरी प्रधान कार्यालयले लामो समयदेखि कार्यालयमा हाजिर नभएका पाँच प्रहरीसँग स्पष्टीकरण मागेको छ ।
आफूखुसी कार्यालयमा गैरहाजिरी भएको, खोजविन गर्दा पनि सम्पर्कमा नआएको भन्दै प्रहरी महानिरीक्षकको सचिवालयले प्रहरी हवल्दार हरिबहादुर भट्टराई तथा प्रहरी जवानहरू वसन्त चन्द, गौतम केसी, भुवन भण्डारी र कमल विष्टलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन भनेको हो ।
महानिरीक्षकको सचिवालयका अनुसार बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण गुल्म हेटौँडामा दरबन्दी रहेका भट्टराई १८ माघदेखि कार्यालयमा हाजिर भएका छैनन् ।
त्यस्तै, नेपाल प्रहरी अस्पतालमा दरबन्दी रहेका चन्द ८ पुस, महानगरीय प्रहरी प्रभाग, तिलिंगेटारमा दरबन्दी रहेका केसी ६ कात्तिक, प्रहरी चौकी आग्रोगाउँ दरबन्दी रहेका भण्डारी ६ माघ र दैलेका प्रमुख जिल्ला अधिकारीको निवासमा दरबन्दी रहेका विष्ट ३० पुसदेखि संगठनको सम्पर्कमा छैनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० चैत्र २०७८, ०८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो
प्रहरीका १० जना एसपी एसएसपीमा बढुवाका लागि सिफारिस (नामावलीसहित)
इलाका प्रहरी कार्यालय खैरहनीको नव–निर्मित भवन समुद्घाटन
गैरहाजिर २० जना प्रहरी कर्मचारीको नाममा प्रहरी प्रधान कार्यालयले निकाल्यो ७ दिने सूचना
मिराजको समूहलाई प्रहरीले माइतीघरबाट हटायो
माइतीघरमा जेन जेडलाई प्रहरीले रोक्यो