काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनर्कर्जा सम्बन्धि कार्यविधि संशोधन गरेको छ । संशोधित कार्यविधि अनुसार कर्जाको ब्याजदर बढेको छ । लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जाको ब्याज ५ प्रतिशतबाट बढाएर ७ प्रतिशत पुर्याइएको छ । यो ब्याजदर बैंकहरुले ग्राहकसँग लिन पाउने दर हो ।
राष्ट्र बैंकले बैंकहरुसँग ब्याजदर पनि २ प्रतिशतबाट बढाएर ४ प्रतिशत पुर्याइएको छ । बैंकहरुले ऋणीहरुसँग लिन पाउने विशेष पुनर्कर्जाको ब्याजदर पनि ३ प्रतिशतबाट बढाएर ५ प्रतिशत पुर्याइएको छ । विशेष पुनर्कर्जामा राष्ट्र बैंकले बैंकहरुसँग लिने ब्याजदर १ प्रतिशतबाट २ प्रतिशत पुर्याइएको छ ।
पछिल्लो दुई आर्थिक वर्षको औसत रिटर्न अल इक्वीटी तीन प्रतिशत भन्दा बढी रहेका उद्योग व्यवसायले पुनर्कर्जा लिन पाउने छैनन् ।यसअघि सो ब्यवस्था पछिल्लो आर्थिक वर्षको रिटर्न अन इक्वीटी २० प्रतिशत वा सो भन्दा बढी रहेका उद्योग व्यवसायले पुनर्कर्जा लिन नपाउने थियो ।
अब बैंकहरुले पुनर्कर्जाका लागि ग्राहक छनोट गर्दा कोभिड–१९ बाट अति प्रभावित भई पुनरुत्थान हुन नसकेको क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने छ । तर, कोभिड–१९ को असर तथा वित्तीय प्रणालीको अवस्था हेरी गभर्नरले एक पटकका लागि आवेदन दिन सक्ने गरी छुट प्रदान गर्न सक्ने ब्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ चैत्र २०७८, ११ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक
३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो १० रुपैयाँ दरका नयाँ नोट
डा. कार्कीको संयोजकमा बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन
बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक
सरकारको खातामा ३ खर्ब ६० अर्ब नगद मौज्दात