काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति आउँदो असार १५ गतेभित्रै ल्याउने तयारी थालेको छ । राष्ट्र बैंकले मौद्रिक नीति ल्याउनका लागि सर्वसाधारण र संघसंस्थासँग सुझाव माग गरेको छ ।
सुझाव दिन इच्छुकले आगामी असार ५ गतेभित्र इमेलमार्फत सुझाव दिन सक्नेछन् । प्राप्त सुझावलाई समेटेर मौद्रिक नीति निर्माण गरिने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाबमोजिम यस बैंकले तर्जुमा गर्ने आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि राय/सुझाव २०८३ असार ०५ गते भित्र आर्थिक अनुसन्धान विभागको इमेलमा पठाउन सकिने व्यवस्था गरिएको छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिसकेको छ । बजेटमा समावेश भएका कार्यक्रम तथा लक्ष्यहरूमा निर्धारण भइसकेकाले सोही आधारमा मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ जेठ २०८३, १२ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति
नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी (सूचनासहित)
बैंकिङ प्रणालीबाट ६० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक
नेपाल राष्ट्र बैंकले १०० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्यायो
केन्द्रीय बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने
बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला रहने